सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो
रत्ननगर, १६ साउन । चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिनुभयो । चितवनको पाँच, मकवानपुरको सात र गोरखाको चार सामुदायिक वनमा...





























