पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा
संयुक्त राष्ट्रसंघ, १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ ।
नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
...































