काठमाडौं, १४ साउन । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ ।

Advertisement

साउन २ गते बसेको त्रिवि कार्यकारी परिषद्ले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बर वृद्धि गरेको हो ।

यससँगै अब स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढेर ८ सय रुपैयाँ पुगेको छ भने सहायक केन्द्राध्यक्षको ३ सयबाट ६ सय पुगेको छ । यस्तै पर्यवेक्षकको ३ सयबाट ६ सय, निरीक्षकको २ सय ५० बाट ५ सय रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै परीक्षा शाखामा काम गर्ने कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय, सुरक्षाकर्मीको ६० बाट बढेर १ सय रुपैयाँ पुगेको छ । कार्यालय सहयोगीको भत्ता ७५ बाट बढेर एक सय रुपैयाँ पुगेको छ ।

त्यस्तै निरीक्षकको ३ सयबाट ६ सय, कर्मचारीको १ सय २५ बाट २ सय ५०, सुरक्षाकर्मीको ६० बाट एक सय रुपैयाँ र कार्यालय सहयोगीको ८० रुपैयाँबाट वृद्धि गरी १ सय ६० रुपैयाँ भत्ता कायम गरिएको छ ।

बढाइएको पारिश्रमिक साउन ६ गतेदेखि सुरु भएका चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!