काठमाडौं , १८ साउन। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने भएको छ ।

Advertisement

जोशीबारे निर्णय गर्न समितिको बैठक विहान साढे १० बजे बोलाइएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

त्यसपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ सदस्य छन् ।

सत्तारुढ दलहरु जोशीलाई प्रधान्यायाधीश नबनाउने पक्षमा छन् । दुई तिहाईले अस्वीकृत भए जोशी प्रधान्यायाधीश बन्न रोकिनेछन् ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद सुमन प्याकुरेलले भने खाजाका लागि १५ मिनेट स्थगित गरिएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!