न्यूयोर्क, १६ साउन। अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ ।

Advertisement

मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको पाइएको छ, र यसलाई हटाइएको छ किनभने यिनीहरुमा “नियोजित” र “अनाधिकृत” राजनीतिक व्यवहार झल्कने सामग्री राखिएको थियो ।

तर यी ठेगानमा कम्तीमा वासिङटनका अधिकारीहरु जोडिएको पाइन्न । झण्डै ३००,००० मानिसले यी प्रतिबन्धित खातासँग आफूलाई आबद्ध गराएको पाइन्छ र प्रचारित सामग्रीमा मानिसले अभिरुचि देखाएका छन् ।

“यो त बिल्कुलै हाम्रो लोकतन्त्रमाथि आक्रमण हो,” सिनेट जासूसी समितिमा डेमोक्राट पार्टीका तर्फबाट भर्जिनियाका सांसद मार्क वार्नरले बताउनुभयो । यस विषयमा फेसबुकले सिनेट कमिटीलाई पहिल्यै जानकारी गराएको थियो । वार्नरको विचारमा यस आक्रमणमा रुसको मुख्य भूमिका रहेको छ ।

सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रास्लेका एकजना प्रवक्ताले रुसीहरुको एउटा समूहले फेसबुकको प्रयोगमार्फत गलत सन्देश फैलाउन खोजको जानकारी प्राप्त भएको बताए । फेसबुक खाता बन्द गरिएका यी समूहहरु राजनीतिक प्रेरित रहेको उनले बताए ।

डिजिटल फोरेन्सिक रिसर्च ल्याबमा कार्यरत बेन निम्मो र ग्राहम ब्रुकीले ब्लग पोस्टमा लेख्दै पहिचान गरिएका ती खाताहरुले अमेरिकी नागरिकबीच विभाजन ल्याउन र एकअर्का विरुद्ध लड्न प्रोत्साहित गरेको बताउनुभयो । गैरनाफामूलक यो ल्याबले फेसबुकबाट प्रदान गरिने सेवाको दुरुपयोगसम्बन्धी विश्लेषण गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!