
भक्तपुर, १७ साउन । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।
नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको पनि बोर्डले जानकारी दिएके छ । यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ ।
यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।















