धनुषा, १८ साउन । गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो ।

हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

घटनास्थलबाट ज५प ६३२१ नंको मोटरसाइकल बरामद भएको छ भने एक थान पेस्तोलसहित तीन राउण्ड गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!