हुम्ला, २९ साउन । हुम्लाको हिल्सामा मनाङ एयरको ‘९ एनएएमडी’ हेलिकोप्टरको पंखाले काटेर आज एक जना भारतीयको मृत्यु भएको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटारको शव भोलि हिल्साबाट सदरमुकाम सिमिकोट ल्याइने पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!