एक महिना कैद छल्न २५ वर्ष फरार

एक महिना कैद छल्न २५ वर्ष फरार

काठमाडौँ, १६ साउन । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो। थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको ...
भक्तपुरमा बाबुद्वारा १७ वर्षीय छोराकाे हत्या

भक्तपुरमा बाबुद्वारा १७ वर्षीय छोराकाे हत्या

भक्तपुर, १६ साउन । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली ...
गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा विजयी

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा विजयी

काठमाडौँ, १६ साउन। गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको अध्यक्षमा ध्रुव सिम्खडा विजयी हुनुभएको छ । मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्...
दाङको नेपाल–भारत  सीमाक्षेत्रका ५९ सीमास्तम्भ पुनःनिर्माण

दाङको नेपाल–भारत सीमाक्षेत्रका ५९ सीमास्तम्भ पुनःनिर्माण

तुलसीपुर, १६ साउन । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। “अब पाँचवटा सीमास...
भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

राजविराज, १५ साउन । सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक...
कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौँ, १५ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ। यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए। यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्व...
चक्कु देखाएर दिउँसै लुटियो छ लाख

चक्कु देखाएर दिउँसै लुटियो छ लाख

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका वडा नं. ८ ल्योसिंखेल चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईँले घरबाट ल्याएको रु चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले आज बिहान ११: २५ बजे लुटपाट गरेक...
सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

काठमाडौँ, १५ साउन । सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५’ बमोजिमको संरचना यही साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो । उ...
प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम सिफारिश गर्ने वा नगर्नेमा विवाद

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम सिफारिश गर्ने वा नगर्नेमा विवाद

काठमाडौँ, १५ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सांसद र कानूनका जानकारबीच विवाद देखिएको छ । शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बन्नुभएका प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम समितिबाट अनुमोदन गर्ने व नगर्ने विषयमा विवाद भएको देखिएको हो । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर के...
पहिलो ‘विश्व रेञ्जर दिवस’: मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

पहिलो ‘विश्व रेञ्जर दिवस’: मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

चितवन, १५ साउन । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् । वन्यजन्तु संरक्षण समूह नेपालको आयोजनामा चितवनको सौराहामा आज मनाइएको पहिलो ‘विश्व रेञ्जर दिवस’का अवसरमा सहभागी संरक्षणकर्मीले चोरी–शिकारका घटना जसरी शून्यमा झारिएको छ, त्यसैगरी मानव वन्यजन्तु द्वन्द्वलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयका ...
उत्तर कोरियाद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको विकास

उत्तर कोरियाद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको विकास

वासिङटन, १५ साउन । उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिचिएका तस्वीरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १...
रसुवामा कण्टेनर दुर्घटना हुँदा तीनको मृत्यु

रसुवामा कण्टेनर दुर्घटना हुँदा तीनको मृत्यु

रसुवा, १५ साउन । धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको ...
महोत्तरीमा साउने १५ पर्व मनाइँदै

महोत्तरीमा साउने १५ पर्व मनाइँदै

बर्दिवास, १५ साउन । जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ । पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या घट्दै गएपछि दूधको आवश्यकता डेरीले धान्नुपरेको छ । अहिले डेरी सञ्चालक र डिलरलाई दूध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओ...
आज साउन १५, खीर खाएर मनाइँदै

आज साउन १५, खीर खाएर मनाइँदै

काठमाडौँ, १५ साउन । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ । दूधमा चामल मिसाई पकाइएको...
ट्रकको ठक्करबाट मजदुरको मृत्यु

ट्रकको ठक्करबाट मजदुरको मृत्यु

चितवन, १५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो । उन...
वाइड बडी ‘अन्नपूर्ण’ को पहिलो उडान दोहामा

वाइड बडी ‘अन्नपूर्ण’ को पहिलो उडान दोहामा

काठमाडौँ, १४ साउन ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा ...
हत्या गरिएको चार दिनपछि निर्मला पन्तको महाकाली नदीमा अन्त्येष्टि

हत्या गरिएको चार दिनपछि निर्मला पन्तको महाकाली नदीमा अन्त्येष्टि

भीमदत्तनगर, १४ साउन। गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भीमदत्तनगरका विभिन्न संघ/संगठन र नागरिक समाजले शनिबार सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखी आन्दोलन थालेका थिए । शनिबार बिहान भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा किशोरीको शव ...
परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

काठमाडौँ, १४ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीको पछिल्लो संशोधनले नेपाली सेनाको संगठनभित्र निवृत्तिभरण, अशक्त वृत्ति र उपदानमा देखिएको सबैखाले विभेद अन्त्य भएको बताउनुभएको छ । सैनिक एकल महिला तथा घाइते परिवार समूहद्वारा सैनिक मुख्यालयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कर्तव्यको सिलसिलामा वीरगति प्राप्त गर्ने सैनिकका परिवारको आवाजलाई अधिकतमरुपमा...
प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लाग्न बाँकी

प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लाग्न बाँकी

काठमाडौँ, १४ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयम...
परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढाउने त्रिविको निर्णय

परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढाउने त्रिविको निर्णय

काठमाडौं, १४ साउन । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषद्ले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बर वृद्धि गरेको हो । यससँगै अब स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढेर ८ सय रुपैयाँ पुगेको छ भने सहायक केन्द्राध्यक्...
पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

काठमाडौँ, १४ साउन । साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ । लाम व्यवस्थित गरिएका...
आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

गुवाहाटी, भारत, १४ साउन। भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता एनआरसी कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ । एनआरसीका संयोजक प्रतीक हजेलाका अनुसार रजिष्टरमा नामदर्ता गर्न राज्यका करिब ३ क...
सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

हनोई, १४ साउन । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमब...
त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

काठमाडौंँ, १४ साउन । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । ‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्...
विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

काठमाडौँ, १४ साउन । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, ब...
त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

नुवाकोट, १४ साउन । आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको ज...
जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

काठमाडौं, १४ साउन । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो । आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस...
बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

लमजुङ, १४ साउन । लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए । भारत मेघालयस्थित गाई फार्ममा काम गरेका उनी ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् । भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका ग...
डोलेश्वर महादेब मन्दिरमा भक्तजनको भीड (फोटो फिचरसहित)

डोलेश्वर महादेब मन्दिरमा भक्तजनको भीड (फोटो फिचरसहित)

काठमाण्डौं, १४ साउन । भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेब मन्दिरमा सोमबार भक्तजनको भीड लागेको छ । हिन्दू धर्मावलम्बीहरुका लागि बिशेष महत्वको दिन भएकाले पनि साउनको हरेक सोमबार डोलेश्वरमा भक्तजनको बिशेष भीड लाग्ने गर्छ । महादेब मन्दिर तथा सिवालयहरुमा साउन महिना भरनै पुजा आराधना गर्नेको भीड लाग्ने गरेको छ । डोलेस्वर महादेब मन्दिरमा पनि साउन महिनामा करिव...
धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दी, १४ साउन । संसारको सातौँ अग्लो आठ हजार १६७ मिटर धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य ...
उत्तर कोरियालीमाथि निगरानी बढाउन सादा पोशाकमा प्रहरी

उत्तर कोरियालीमाथि निगरानी बढाउन सादा पोशाकमा प्रहरी

काठमाडौँ,१४ साउन ।  नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार–व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल–रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय त...
error: Content is protected !!