जाजरकोट, ३० साउन । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् ।

Advertisement

छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शंकरले खुकुरी प्रहार गरी आफ्ना दुई छोरालाई समेत घाइते बनाएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । छोरा र भाइको हत्या गरेपछि शंकरले आत्महत्याको प्रयास गरेका थिए । शंकर र उनका घाइते दुई छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

बाढीले पुल बगायो

नलगाड नगरपालिका–५ कालिमाटीमा गए राति बाढीले दुई झोलुङ्गे पुल बगाएको छ । बाढीले झुम्रे खोला र घुआरामा रहेको झोलुङ्गे पुल बगाएको हो । बाढीले घुहारामा रहेको मिल, कालिमटीस्थित खिमलाल जैशीको घर र १५ घुम्ती पसलसमेत बगाएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

सो ठाउँका पानी घट्टसमेत बाढीले बगाएको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने पुल बगाएपछि यहाँ आवतजावत ठप्प छ । धान खेत बाढीले बगाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!