अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका १६ महिलालाई फर्काइयो

अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका १६ महिलालाई फर्काइयो

बाँके, २४ साउन । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । योसँगै भारतीय महिला आयोगको सक्रियतामा दिल्लीबाट हा...
पूर्वमन्त्री विश्वकर्मासहित तीन जना पक्राउ

पूर्वमन्त्री विश्वकर्मासहित तीन जना पक्राउ

काठमाडौँ, २३ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा १४ प २७२९नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्डसहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानग...
पुनः रोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

पुनः रोजगारीका लागि इपिएस भाषा परीक्षा भदौमा

काठमाडौँ, २३ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैश...
दाइजो नल्याएको भन्दै प्रहरीलेनै कुटे श्रीमती

दाइजो नल्याएको भन्दै प्रहरीलेनै कुटे श्रीमती

रुपन्देही, २३ साउन । प्रदेश ५ को रुपन्देहीमा एक पुलिसले दाईजो नल्याएको भन्दै श्रीमती कुटेका छन् । कानुनको रक्षक एक प्रहरी जवानले दाईजो नल्याएको निहुँमा श्रीमतीलाई निर्घात कूटपीट गरेको घटना यति बेला बाहिरीएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँ जिल्लामा दरबन्दी भई हाल रुपन्देहीको कोटहीमाई गाँउपालिका वडा नं। १ सिपवा बस्ने लोकेन्द्र नाउले श्रीमती प्रियंका नाउलाई निर्घात कुटेका हुन् ...
हेटौँडाको ओम्याक्स चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडाको ओम्याक्स चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ...
ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ । कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा प...
भारतद्वारा सीमाक्षेत्रमा एकतर्फी सडक निर्माण

भारतद्वारा सीमाक्षेत्रमा एकतर्फी सडक निर्माण

भीमदत्तनगर, २३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् । ...
चितवनमा सवारी दुर्घटना: चारको मृत्यु, १७ घाइते

चितवनमा सवारी दुर्घटना: चारको मृत्यु, १७ घाइते

चितवन, २३ साउन ।  चितवनको रत्ननगर नगरपालिका-१० मा गएराति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र पूर्वबाट नारायाणगढ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका-१० भानुचोकमा आपसमा ठोक्किँएको हो । दुर्घटनामा ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका-२ का ३४ वर्षीय मोहन घि...
गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

काठमाडौँ, २२ साउन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको सो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले रु ४० लाखभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ ...
अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

काठमाडौँ, २२ साउन । युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाउने निर्णय गरेको छ । आज मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठकले यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी सो दिवस साताव्यापी मनाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए । कार्यक्रमअन्तर्गत सरोकारवाला संघसंस्थासँगको सहकार्यमा सरसफाइ, रक्तदान, सेवामूलक, चेतन...
जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत, २२ साउन । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए । ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको...
‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

काठमाडौँ, २२ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन् । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीर रुपमा ...
सर्पले डसेको किशोरीलाई झारफूक गर्दा मृत्यु

सर्पले डसेको किशोरीलाई झारफूक गर्दा मृत्यु

वीरेन्द्रनगर, २२ साउन । सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८...
डिएनए परीक्षणबाट जनावरको क्षेत्र छुट्याउन सम्भव

डिएनए परीक्षणबाट जनावरको क्षेत्र छुट्याउन सम्भव

ललितपुर, २२ साउन । जनावरको शरीरको कुनै पनि अङ्गका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले गत वर्षबाट जनावरको डिएनए परीक्षण शुरु गरेपछि कुन जनावरको अङ्ग हो भन्ने मात्रै होइन कहाँको जनावर हो भन्ने समेत छुट्याउन सकिने भएकोे जनाएको छ । जनावर कुन क्षेत्रकोे छुट्याउन सक्दा आन्तरिक चोरी हो वा अन्तर्राष्ट्रिय चोरी भन्ने छुट्टिने प्रयोगशाल...
मोबाइल हरायो ? चिन्ता नगर्नुस्

मोबाइल हरायो ? चिन्ता नगर्नुस्

काठमाडौँ, २२ साउन । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै डाटाहरु त्यो कम्पनीमा सुरक्षित रहेका हुन्छन् । तर तपाईंले आफ्नो मोब...
चौथो श्रीमतीको आश्वासन दिएपछि…

चौथो श्रीमतीको आश्वासन दिएपछि…

भीमदत्तनगर, २२ साउन । डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमान्ले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा पर्नुभयो । कलिलो उमेरमै विवाह गर्नुभएकी ती युवतीलाई श्रीमान्ले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा पर्नुभयो । ती युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौँ प्रलोभनमा पारेर भारत लग्दैगरेको अवस्थामा कञ्चनपुरको पश्चिम...
नवजात शिशु हत्या गर्ने आमा पक्राउ

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ...
इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, हजारौँ संरचना ध्वस्त

इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, हजारौँ संरचना ध्वस्त

मताराम, इन्डोनेसिया, २२ साउन  । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १४० नाघेकाे विभिन्न सञ्चारमाधयमले जनाएका छन् । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घर र अन्य भाैतिक संरचनाहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइ...
जापानको एक विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

जापानको एक विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

टोकियो, जापान, २१ साउन । जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग (युद्धमा प्रयोग गरिने धारिला हतियार), आठ थान हाते बम र ३०२ ...
इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

मताराम, इन्डोनेसिया, २१ साउन । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बो...
आमा उपचार गर्न गएको मौका पारी सौतेलो बाबुद्वारा छोरीलाई बलात्कार

आमा उपचार गर्न गएको मौका पारी सौतेलो बाबुद्वारा छोरीलाई बलात्कार

वीरेन्द्रनगर, २१ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गो...
भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर, २१ साउन । विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करीब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भे...
छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

छत्तीसगढ, २१ साउन । भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ । यही महिनाको सुरुमा...
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ साउन । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति काठमाडौँसहित मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । बुध...
एउटै वडाका १६१ महिला इराकमा

एउटै वडाका १६१ महिला इराकमा

चौतारा, २१ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो । गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ...
‘मिनी पार्लियामेन्ट’ बैठक: मौलिक हक कार्यान्वयन गर्न असोज ३ भित्र विधेयक पेश

‘मिनी पार्लियामेन्ट’ बैठक: मौलिक हक कार्यान्वयन गर्न असोज ३ भित्र विधेयक पेश

काठमाडौँ, २१ साउन । ‘‘नमस्कार ! म भानुभक्त ढकाल । मोरङ क्षेत्र ३ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिनिधित्व गर्छु । म यस समिति (कानून, न्याय तथा मानवअधिकार समिति)को पदेन सदस्य ।’’ “कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पनि हुँ भन्नुप¥यो नि ?” बैठक स्थलबाट सुझाव आयो । नवनियुक्त मन्त्री ढकालले तत्काल जवाफ फर्काइदिनुभयो, ‘‘कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको मन्त्री पदको...
प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा वि...
भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

काठमाडौं, २१ साउन ।  काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् । बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको भने सूर्यविनायक जंगलमा प्रहरीसँगको भिडन्तमा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो । महाशाखाबाट खटिएर आएका प्रहरी नायब उपरीक्षक रुगम ...
घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

रत्ननगर, २१ साउन । चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिनुभयो । उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । प...
पोखराबाट मुस्ताङका लागि छुटेको बस दुर्घटना, १६ घाइते, ६ को अवस्था गम्भिर

पोखराबाट मुस्ताङका लागि छुटेको बस दुर्घटना, १६ घाइते, ६ को अवस्था गम्भिर

पर्वत, २१ साउन । मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पता...
पानी रङको शहर पोखरामा पानी रङका कला

पानी रङको शहर पोखरामा पानी रङका कला

पोखरा, २१ साउन । यसै त पोखरा धेरै पानी पर्ने ठाउँ हो । वर्षात्को याम भएका कारण क्षणभरमा पानी पर्नु र घाम लाग्नु यतिखेर यहाँको दैनिकीजस्तै बनेको छ । पोखराको यस्तै मौसममा पोखरा आर्ट ग्यालरीमा गरिएको समता चित्रकला प्रदर्शनी २०७५ मा वर्षात् र पोखरा आसपासको वातावरणको जीवन्त चित्रण गरिएका तस्वीर प्रदर्शनमा राखिएको छ । वरिष्ठ कलाकार वात्स्यायन, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थसहित पछिल्लो पुस्ताका नवो...
error: Content is protected !!