काठमाडौँ, ४ भदौ । सरकारले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्‍याउने सरकारले तयारी गरेको हो ।

Advertisement

विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाउने भएको हो ।

हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा संशोधनमार्फत कर्मचारीको उमेरहद बढाउने प्रक्रिया अघि बढाइएको छ । उक्त मस्यौदामा पनि कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० पुर्‍याइने प्रावधान राखिएको छ ।

विगतमा उमेरहद बढाउन नहुने पक्षमा देखिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसमेत यसपालि उमेरहद बढाउने पक्षमा लचिलो देखिएका छन् ।

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव र त्यसबीचमा उमेरहदका कारण काम प्रभावकारी हुन नसकेपछि सरकारले उमेर हद बढाउन बाध्य भएको कानून र संघीय मामिला मन्त्रालयको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!