ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा एक दर्जन घाइते
तुलसीपुर, २० साउन । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् ।
धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस आज बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भ...






























