काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Advertisement

नेपालस्थित भारतीय दूतावासमा पुगी आज उनले नेपाल सरकारका तर्फबाट स्व बाजपेयीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

दूतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धाञ्जलि व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले बाजपेयीलाई उच्च व्यक्तित्वका धनी र देशभक्त नेताको रूपमा विश्व जगत्ले सम्झिरहने उल्लेख गरेका प्रेस संयोजक केसीले बताए ।

“विश्वका जनताले उच्च व्यक्तित्वका धनी, वाक क्षमता भएको, देशभक्ति र सुदूर दृष्टिकोण भएका नेताका रुपमा बाजपेयीको योगदानलाई चिरकालसम्म सम्झिरहने छन्” शोक पुस्तिकामा उनले लेखेका छन्।

सन् २००२ मा नेपालमा भएको सार्क सम्मेलनका क्रममा नेपाल–भारतका बीच विकसित द्विपक्षीय सम्बन्धलाई लामो समयसम्म स्मरण गरेकोसमेत शोक पुस्तिकामा उपप्रधानमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

नेपाल सरकार र व्यक्तिगततर्फबाट स्व बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्ति गर्दै उहाँले सरकारका तर्फबाट शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गर्नुभएको छ ।

सरकारले यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उनको अन्त्यष्टिमा समारोहमा सहभागी हुन भारत गएका थिए । निष्ठावान् राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय बाजपेयीको बिहीबार निधन भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!