काठमाडौँ, ४ भदौ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान काठमाडौँको बबरमहलस्थित उनकै घरमा मृत अवस्थामा भेटिएका हुन ।

Advertisement

८० वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए। ‘घटनाबारे अनुसन्धान अघि बढाइसकेका छौँ’, थापाले भने, ‘हत्या या आत्महत्या अहिले नै केही भन्न सकिन्न, चक्कुले टाउकोमा प्रहार गरिएकाले अनुसन्धान गरिहेका छौँ।’

झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए। झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!