जुम्लामा जीप दुर्घटना: एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु

जुम्लामा जीप दुर्घटना: एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु

जुम्ला, ७ कात्तिक । सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका नाबालिकासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक ...
भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाइने

काठमाडौँ, ७ कात्तिक । शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो भवन बनाउन तयारी गरिएको जानकारी दिए । मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै ज...
सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

सिटीइभिटीको पाँच वर्षे रणनीतिक योजना निर्माण शुरु

भक्तपुर, ७ कात्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी)को व्यवस्थापनको विशिष्टताका लागि पाँच वर्षे नयाँ रणनीति योजना निर्माण शुरु भएको छ । सिटीइभिटीले आज प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ)मा आयोजना गरेको पाँच दिने रणनीतिक योजना निर्माण कार्यशालाको उद्घाटन गर्दै शिक्षा सचिव खगराज बरालले सिटीइभिटीले प्रत्येक जनताको हातहातमा सीप दिएर समृद्ध नेपालको सपनालाई पूरा गर्ने र...
साउदी युवराजले भेटे खसोग्गीका छोरालाई, प्रायोजित भेट भन्दै ट्वीटरमा व्यापक विरोध

साउदी युवराजले भेटे खसोग्गीका छोरालाई, प्रायोजित भेट भन्दै ट्वीटरमा व्यापक विरोध

काठमाडौँ । मंगलबार साउदी राजा र युवराजले टर्कीस्थित साउदी वाणिज्य दूतावासमा मारिएका जमल खसोग्गीका छोरा सलाहलाई भेटेका छन् । रियादस्थित यमामाह शाही दरबारमा भएको भेटमा जमलका भाई सहेल पनि सलाहसँगै थिए । साउदी सरकारी एजेन्सीले भेटमा राजा र युवराजले खसोग्गीका नजिकका दुई आफन्तलाई तिनको परिवारमाथि परेको शोकको लागि संवेदना व्यक्त गरेको जनाएको छ । ट्वीटर प्रयोगकर्ताहरुले भने साउदी सरकारले सार्वजनिक गरे...
झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

लहान, ७ कात्तिक । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ/घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले नियन्त्रणमा परिने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले...
हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

हुम्ला, ७ कात्तिक । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा दा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिनुभएका वडासचिव धर्मराज ...
आज कोजाग्रत पूर्णिमा: महालक्ष्मी पृथ्वी भ्रमणमा आउँने दिन

आज कोजाग्रत पूर्णिमा: महालक्ष्मी पृथ्वी भ्रमणमा आउँने दिन

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका ...
खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने: साउदी अरब

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने: साउदी अरब

रियाद, ६ कात्तिक । पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ ।” राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता...
लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्तै परेन

काठमाडौँ, ६ कात्तिक । लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गतवर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् । अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोग...
भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चारजना विरुद्ध उजुरी

भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्ष र सचिवसहित चारजना विरुद्ध उजुरी

सप्तरी, ६ कात्तिक । भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् । पैसाको प्रल...
कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ: शिक्षामन्त्री पोखरेल

कम ग्रेड आउनेको भर्ना गर्ने नीतिमा पुनःविचार गरिन्छ: शिक्षामन्त्री पोखरेल

लहान, ६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसइई परीक्षामा कम ग्रेड आउने विद्यार्थीलाई शिक्षा सङ्कायमा भर्ना गर्ने नीतिमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । शहीद गौरीप्रसाद साहको १५ औँ स्मृति दिवसलाई आज सिरहाको मिर्चैयामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एसइई परीक्षामा कम ग्रेड आए पनि शिक्षा सङ्काय पढ्न पाउने व्यवस्थाका कारण शैक्षिक गुणस्तरीयता खस्क...
दशैँतिहारको साइत पात्रोमै राख्न माग

दशैँतिहारको साइत पात्रोमै राख्न माग

काठमाडौँ, ६ कात्तिक । दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ । राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएक...
धामीझाँक्रीलाई अध्ययन भ्रमण

धामीझाँक्रीलाई अध्ययन भ्रमण

बाजुरा, ६ कात्तिक । पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ । धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने ...
आन्तरिक पर्यटकले भरियो पोखरा

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा, ६ कात्तिक । पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् । पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई ...
भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

भारतमा बाटो काट्ने क्रममा तीन वर्षमा करिब ५० हजार जनाको मृत्यु

नयाँ दिल्ली, ६ कात्तिक । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ । रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको बताइएको हो । भारतीय रेलसेवाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो । सो दुर्घटनापछि भारतीय ...
प्रधानमन्त्रीले गरे ‘विद्युतीय बस’काे उद्घाटन

प्रधानमन्त्रीले गरे ‘विद्युतीय बस’काे उद्घाटन

ललितपुर, ६ कात्तिक । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका हुन । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्र...
अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौँ, ६ कात्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन र साताव्यापी चीन भ्रमणका लागि आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मन्त्रालयका सचिव ...
नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

ललितपुर, ६ कात्तिक । ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा...
कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कृष्णनगरमा कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक। कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन स...
ट्रम्पको खुल्ला धम्कीः अब अमेरिकाले बनाउनेछ परमाणु हतियार

ट्रम्पको खुल्ला धम्कीः अब अमेरिकाले बनाउनेछ परमाणु हतियार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनलाई दबाब दिनका लागि अमेरिकाले आफ्नो परमाणु हतियार बलियो बनाउने चेतावनी दिएका छन् । ट्रम्पले पत्रकारसँगको कुराकानीमा रुसले सन् १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेज (आइएनएफ) सन्धीको उल्लंघन गरेको दोहोराउँदै अब आफू उक्त सन्धीबाट पछि हट्ने चेतावनी दिए । यद्यपी, ट्रम्पको उक्त आरोप रसियाले खण्डन गरेको छ । शीतयुद्ध कालको यो सन्धीले मध्यम दूरीको मिसा...
अरुणखोला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

अरुणखोला बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

नवलपरासी, ६ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्...
आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ: चीन

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ: चीन

बेइजिङ, ५ कात्तिक । करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनल्ड रेगन र रूसी राष्ट्रपति मिखायल गोर्भाचोभबीच भएको मध्यम दूरीको आणविक हतियारको प्रयोग रोक्न गरेको सम्झौताबाट पछि हट्ने घोष...
मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना

मारिएका साउदी पत्रकारप्रति साउदी राजपरिवारको समवेदना

रियाद, ५ कात्तिक । रहस्यम तरिकाले हत्या गरिएका साउदी पत्रकारका परिवारजनप्रति साउदी राजपरिवारले समवेदना व्यक्त गरेको छ । साउदी राजा सल्मान बिन अब्दुलाजिज अल साउद र युवराज मोहम्मद बिन सल्मान बिन अब्दुलाजिजले पत्रकारका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको हो । मारिएका साउदी पत्रकार जमाल खाशोग्गीका छोरालाई उहाँहरुले समवेदना व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । साउदीको राज्यद्वारा संचालित समाचा...
बाघको बहन क्षमताबारे अध्ययन हुँदै

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

काठमाडौँ, ५ कात्तिक । दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा अध्ययन थालिएको नेपालमै पहिलो हो । विभिन्न देशमा गरिएको तरिका अपनाएर शुरु भएको अध्ययनका लागि अन्तरराष्ट्रिय विज्ञका रुपम...
पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच तराईमा पनि

पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच तराईमा पनि

बुटवल, ५ कात्तिक । पहाडी जिल्लाबाट लोप हुने खतरामा रहेको सराए नाच रुपन्देही र कपिलवस्तुमा पनि प्रदर्शन गरिएको छ । गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैँको अवसरमा नाचिने सराए नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेकाहरुले प्रदर्शन गरेका हुन् । पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको स्थान जीतगढीमा आइतबार स्थानीयवासीले खुँडा, तरबार, खुकुरीसहितका हतियार प्रदर्शन गर्दै ...
क्यानडाको पश्चिमी क्षेत्रमा एकैरात चारपटक शक्तिशाली भूकम्प

क्यानडाको पश्चिमी क्षेत्रमा एकैरात चारपटक शक्तिशाली भूकम्प

वासिङ्टन, ५ कात्तिक । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् । पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ । दोस्रो ६.८ म्याग्नीच्यूडको भूकम्प ए...
टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

मेलम्ची, ५ कात्तिक । जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा४ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए । दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिए...
ताइवानमा रेल दुर्घटनाः १८ को मृत्यु, एक सय ८७ घाइते

ताइवानमा रेल दुर्घटनाः १८ को मृत्यु, एक सय ८७ घाइते

ताइवान, ५ कात्तिक । ताइवानका राष्ट्रपति चाइ इङ–वेनले आइतबार भएको रेल दुर्घटनाको बारेमा तत्काल छानबिन गर्न आदेश दिनुभएको छ । ताइवानमा विगत २७ वर्षकै सबैभन्दा भयानक मानिएको उक्त रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । ताइवानको पूर्वी तटीय क्षेत्रमा पुयुमा एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु एकसय ८७ जना घाइते भएका थिए । अधिकारीहरुले रेलमा यात्रारत केहीको सनाखत अझै हुन नसकेको बत...
कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, ५ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । ती...
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ४ कात्तिक । दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक...
जनकपुर आइपुग्यो ५३ डब्बासहितको रेल

जनकपुर आइपुग्यो ५३ डब्बासहितको रेल

धनुषा, ४ कात्तिक । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आज जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो । प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको ¥याकमा लोड गरिएको ब्ला...
error: Content is protected !!