बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जलेर नष्ट
गलकोट, ९ मङ्सिर । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।
शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी...





























