सप्तरीमा बस दुर्घटना : पाँचको मृत्यु, तीन दर्जन यात्रु घाइते
राजविराज, ८ मङ्सिर । भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश...




























