- संगालोखबर सम्वाददाता

काठमाण्डौं, १२ मंसिर । धनकुटाकी बन्दना नेपालले विश्वमै हालसम्मको सवैभन्दा लामो समयसम्म नृत्य गरेर नयाँ रेकर्ड कायम गरेकी छन् । महालक्ष्मी नगरपालिकाको मुर्तिढुंगाकी १७ बर्षीया बन्दनाले गिनिज वुकमा नाम लेखाउँन १२६ घण्टा लगातार नृत्य गरेकी हुन् ।

Advertisement

काठमाण्डौको विग फूडल्याण्डमा गत शुक्रवार बिहान ९ बजेदेखि नाच्न थालेकी बन्दनाले बुधबार दिउँसो ३ बजेसम्म निरन्तर नाचेर रेकर्ड व्रेक गर्दै विश्व कृतिमानमा दावेदारी पेश गरेकी हुन् । यसअघि भारतको केरलाकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समयसम्म निरन्तर नृत्य गरेको रेर्कड बनाएकी थिईन् ।

हेमलथाले कायम गरेको रेकर्ड बन्दनाले तोडेको भएपनि यसलाई बैधानिकता दिन वाँकी छ । नृत्यका क्रममा सम्पूर्ण भिडियो खिचिएको छ । उक्त भिडियो गिनिज वुक अफ द वल्ड रेकर्डका प्रतिनिधिलाई देखाएपछि उनीहरुले त्यसलाई मान्यता दिएर प्रमाणपत्र दिएमा विश्वकै सवैभन्दा लामो नृत्य गरेको कृतिमान बन्दनाको नाममा हुनेछ ।

बन्दनाले प्रत्येक १ घण्टामा ५ मिनेट व्रेक पाउँने भएपनि उनले ४/४ घण्टामा मात्र ब्रेक लिएर शौचालय जाने र जुस लगायत झोलिलो पदार्थ पिउने गरेकी थिईन् । बन्दनालाई नृत्यका क्रममा हौसला दिन बिशिष्ट नेता र चर्चित कलाकारहरु पनि पुगेका थिए ।

यसैवीच समापन कार्यक्रमलाई संबोधन गर्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा नेता माधवकुमार नेपालले निन्द्रा, थकान र भोजनलाई चुनौति दिदै लगातार ५ रात ६ दिन नृत्य गरेकी बन्दना प्रशंसाको पात्र मात्र नभई देशलेनै गौरब गर्न लायक नेपाली चेलीको रुपमा स्थापित भएको बताए ।

बन्दनाका वुवा रामबहादुर नेपालले लोप हुन लागेको मौलिक सस्कृति संरक्षणका साथै विश्वमै नेपालको नाम चिनाउँन छोरीले गरेको अथक प्रयासबाट गर्ब महसुस भएको प्रतिक्रिया दिए ।

नयाँ रेकर्ड कायम गरेसँगै उनलाई बधाई दिनेहरुको भीड लाग्न थालेको बन्दना नेपाल फाउण्डेशनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!