सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु

सप्तरीमा करेन्ट लागेर बालकको मृत्यु

राजविराज, ४ कात्तिक । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे प...
गोली लागेर एकको मृत्यु

गोली लागेर एकको मृत्यु

हुम्ला, ४ कात्तिक । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ फार्ममा आएका बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर सोही ठाउँमा दिउँसो गोठालो गएका सुरेन्द्रलाई गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकोे लागि स्वास्थ्य चौकी रिपतर्फ...
पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

लहान, ३ कात्तिक । प्रहरीले नलकटुवा पेस्तोलसहित आज सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले आज प...
आज विजयादशमी : ९:५१ बजे टीकाको शुभसाइत

आज विजयादशमी : ९:५१ बजे टीकाको शुभसाइत

काठमाडौँ, २ कात्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले...
राजदेवी मन्दिरमा १५ हजार बोकाको चढाईयो बली

राजदेवी मन्दिरमा १५ हजार बोकाको चढाईयो बली

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ । महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको...
काभ्रेपलाञ्चोकबाट १५० जना महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोकबाट १५० जना महिला–बालबालिका हराए

काभ्रेपलाञ्चोक, १ कात्तिक । काभ्रेपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् । सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२÷०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएको उल्लेख छ । यसमध्ये १४५ जना फेला परेका छैनन् । आव २०७२÷०७३ देखि यही अस...
बडादशैंको ९ औं दिन : आज महानवमी पर्व मनाईदै

बडादशैंको ९ औं दिन : आज महानवमी पर्व मनाईदै

काठमाडौँ, १ कात्तिक। आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्न...
भ्यान र ट्याङ्कर ठोक्किदा तीनको मृत्युु, चार घाइते

भ्यान र ट्याङ्कर ठोक्किदा तीनको मृत्युु, चार घाइते

धादिङ, ३१ असोज । पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्क...
इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय हो:रौहानी

इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय हो:रौहानी

तेहरान । इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाको पराजय भएको इरानका प्रधानमन्त्रीले आइतबार बताउनुभएको छ । अमेरिकासहितका विश्वका छ शक्तिराष्ट्रहरू रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको पहलमा सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट पछि हट्नु इस्लामिक गणतन्त्र इरानको अमेरिकासँगको ‘नैतिक एवम् वौद्धिक’ जीत भएको प्रधानमन्त्री हसन रौहानीले बताउनुभएको छ । सबैलाई थाहा भएकै कुरा हो कि अन्तराष्ट...
१० वर्षीया बालिकाका बलात्कारीलाई सर्वस्वसहित जन्मकैद गर्न निर्देशन

१० वर्षीया बालिकाका बलात्कारीलाई सर्वस्वसहित जन्मकैद गर्न निर्देशन

धनुषा, २९ असोज । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन् । जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनको लागि यहाँ आएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधानको जारी भएको ऐन कानूनअनुसार अभियुक्तलाई कडा क...
८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

८८ हजार साधुसन्त र भक्तजनको महामिलन हुँदै

पोखरा, २८ असोज । चार वेद र १८ पुराणका रचनाकार वेदव्यासको जन्मभूमि तनहुँ व्यास गुफा परिसरमा आगामी कात्तिक महीनामा ८८ हजार साधुसन्त र भक्तजनको महामिलन गराइने भएको छ । वेद–अनुयायी प्रतिष्ठान नेपालको आयोजनामा आगामी कात्तिक १ गतेदेखि ३० गतेसम्म(एक महिना) महामिलन गराउन लागिएको हो । प्रतिष्ठानका मूल संरक्षक दामोदर बाबाकानुसार विश्व ओमकार परिवारका ८८ हजार साधुसन्त एवं सर्वसाधारणको महामिलन गराउँदै व्यास क...
साझा यातायातको टिकट अनलाइनबाट

साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौँ, २८ असोज । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई...
हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव भेटियो

म्याग्दी, २८ असोज । धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव सङ्कलन गरेका हुन् । आधार शिविरमा सङ्कलन भएको शवलाई गुर्जामा ल्याएर यकिन र पहिचान गरी हेलिकप्टरबाट गुर्जाका एक जनाको बेनी र अन्य आठ शव काठमाडौँ पठाउने...
१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा, २८ असोज । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् । उपरीक्षक थपलियाका अन...
काँग्रेस नेता बास्तोलताको निधन

काँग्रेस नेता बास्तोलताको निधन

काठमाडौँ । लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिए । विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए।
भारतको उडिसा राज्यमा आएको चक्रवातमा परी २१ को मृत्यु

भारतको उडिसा राज्यमा आएको चक्रवातमा परी २१ को मृत्यु

नयाँदिल्ली, २७ असोज । भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् । उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ । चक्रवा...
गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

गुर्जा हिमाल आरोहण गर्न गएका आठजनाको मृत्यु

बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये आठ जनाको शव भेटिएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपाली टोलीमध्ये आठ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहाद...
निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

भीमदत्तनगर,२७ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिक...
डिकी एवं छतभित्र पशुपंक्षी ढुवानी गरे कारवाही

डिकी एवं छतभित्र पशुपंक्षी ढुवानी गरे कारवाही

काठमाडौँ, २७ असोज । पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ । रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक ...
टिपर दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

टिपर दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

धादिङ, २७ असोज । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबाट चकमके जाँदै गरेको बा ५ ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार म...
नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

बेत्रावती, २६ असोज । नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ, ५९ वर्षीय भगवान कडेल र चितवनको मुग्लिङका ५६ वर्षका बलराम तिवारीको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुंवरकाअनुसार तामाङ र तिवारीको घटनास्थलमा तथा कड...
स्थापनाकाे १५ वर्षपछि एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा सुरु

स्थापनाकाे १५ वर्षपछि एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा सुरु

काठमाडौँ, २६ असोज । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए । यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो । सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा ...
मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

मुस्ताङ, २६ असोज । उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो । छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीको सुविधाका लागि विमानस्थल निर्माण गर्न पह...
नुवाकोटमा बस दुर्घटना: दुईको मृत्यु, १५ भन्दा बढी घाइते

नुवाकोटमा बस दुर्घटना: दुईको मृत्यु, १५ भन्दा बढी घाइते

बेत्रावती, २६ असोज । नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दा...
उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ, २६ असोज । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ...
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको निधन

काठमाडौँ, २५ असोज । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको ७१ वर्षको उमेरमा बुधबार निधन भएको छ । पर्वत जिल्ला, फेलेवास नगरपालिकामा विसं २००४ असार २० गते जन्मनुभएका शर्मा विसं २०३० चैत १ गतेदेखि न्याय सेवाको शाखा अधिकृत पदबाट सेवा प्रारम्भ गरी जिल्ला न्यायाधीश, पुनरावेदनको मुख्य न्यायाधीश हुँदै विसं २०६५ माघ ९ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई २०६८ चैत १ गते सेवा निवृत्त हुनुभएको ...
‘वाटर एटिएम’ सार्वजनिक

‘वाटर एटिएम’ सार्वजनिक

काठमाडौँ, २५ असोज । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा नेपालमा पहिलो पटक ‘वाटर एटिएम’को नमूना सार्वजनिक गरिएको छ । वाटर एटिएम नमूना सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले उक्त एटिएमबाट पानी झारेर पिएकी थिइन् । यस्तो प्रविधि नेपालमै पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले जानकारी दिए । ललितपुरको सैंबु, भैँसेपाटीस्...
पाकिस्तानी शहर मिथी, मुस्लिम–हिन्दु सहिष्णुताको सुखद स्थल

पाकिस्तानी शहर मिथी, मुस्लिम–हिन्दु सहिष्णुताको सुखद स्थल

मिथी, पाकिस्तान, २५ असोज । पाकिस्तानी शहर मिथीमा छिमेकी मुलुक भारतमा झैं गाईवस्तु निस्फिक्री यताउता घुमिरहेका पाइन्छन् । हिन्दुहरुले पवित्र जनावरका रुपमा लिने हिन्दुहरुले रुढीवादी मुस्लिम पाकिस्तानमा पनि धार्मिक सहिष्णुतालाई आत्मसात गरेका छन् । सामान्यतया, पाकिस्तानमा अल्पसंख्यक समुदायहरुले ठूलै विभेदको सामना गर्नु पर्दछ । यहाँ, “मुस्लिमले हिन्दूहरुका धार्मिक आस्थालाई सम्मान गरिरहेका छन्,” ७२ वर्...
काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

श्रीनगर, २५ असोज । भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो...
यौनजन्य अश्लिल सामग्री राख्ने २१ हजार वेबसाइट बन्द !

यौनजन्य अश्लिल सामग्री राख्ने २१ हजार वेबसाइट बन्द !

काठमाडौँ, २५ असोज । यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरिएको छ । सरकारले समाजमा बढ्दै गएकाे बलात्कारका घटना तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले ती वेबसाइट बन्द गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल बन्द गर...
समृद्धिको पहिलो आधार शान्तिसुरक्षा: प्रधानमन्त्री ओली

समृद्धिको पहिलो आधार शान्तिसुरक्षा: प्रधानमन्त्री ओली

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्न...
error: Content is protected !!