म्याग्दी, ६ पुस । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर आज घुस रकमसहित पक्राउ परेका छन् ।

Advertisement

बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो ।

काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त रकम मागेको सूचना पाएपछि ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।

पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गरी मुद्दा दायर गरिने उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!