लमही, २२ पुस । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisement

आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार घरमा पालिएका २०० कुखुरा जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका हुन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!