दुवै आँखा नदेख्ने दर्जीको सहारा : लट्ठी र हथौडा
गलेश्वर, २५ पुस । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधैँ एउटा लट्ठी र हथौडा हुन्छ ।
दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै एउटा हातले लट्ठी टेकेर र अर्को हातले हथौडा बोकेर घरबाट निस्कनुहुन्छ । गाउँमा निर्माण हुने विद्यालय भवन र व्यक्तिगत घरको लागि गिट्टी कुटेर गुजारा चलाउनु उहाँको बाध्यता बनेको छ ।
दैनिकजसो बिहानै ज्याला मजदूरी ...






























