हेटौडा, २६ पुस ।  हेटौँडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत हुनुहुन्छ । आफ्नो छोराको असाध्यै माया गर्नुहुने उहाँले छोरालाई दैनिक एक/दुई सय खर्च दिने गर्नुहुन्थ्यो, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्याइ गर्नुभएन ।

Advertisement

नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उहाँले ध्यान नै दिन भ्याउनुभएन । आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुनुहुन्थ्यो । बिस्तारै छोरो धेरै नै सुत्ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहापाएपछि भने छाँगाबाट खसेको जस्तै हुनुभयो ।

बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उहाँले धेरै नै कुर्नुप¥यो ।
छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उहाँले अस्पताल मात्र होइन, ‘माता’ कहाँसमेत धाउनुभयो । माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गर्नुभयो ।

डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुव्र्यसनविरुद्धको अभियानमा लागेका व्यक्ति हुन् ।
डिसीले कमलाको छोरालाई दुव्र्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए ।

प्रशस्त पैसा भएपनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहारण हो । कमला मिजारको सत्यकथा ।

जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाउनुभएकोे हो । आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए ।

जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन् । अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा छ वटा पुनःस्थापना केन्द्र छ् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!