त्रिशूलीमा खस्दा एकको मृत्यु
भरतपुर, २३ पुस । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार साँझ बिग्रेपछि सबै यात्रुसँगै आगो तापिरहेका कुशवाहा अचानक कालीखोलाको भिरबाट त्र...






























