काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी
काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ ।
सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाज...





























