काठमाडौँ, ३१ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो । संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको जोड छ । ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोचविचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न आग्रह गरे । संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

संसदमा विपक्षीका हरेक २० सांसदको अगाडि सत्ताको ५५ जना सांसद रहेपनि मतदातामा कांग्रेसका २० हुँदा सत्तापक्षको २७ मात्र रहेको हिसाव सुनाउँदै उनले भने, ‘संसदमा ठाउँ नपाइने, संविधान कुल्चिने, दुई तिहाइको दम्भबाट जबरजस्ती काम हुने हो भने हामीले २० ले ५५ होइन, २७ सँग जुध्ने गरी बाहिर जानु पर्ने बाध्यता सिर्जना नहोस् । संविधानको मर्ममा काम होस् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!