काठमाडौं, १७ जेठ ।  गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ ।

Advertisement

नेकपाले एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नाम नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको समाचार  नागरिक दैनिकमा उल्लेख छ ।

पार्टी संसदीय दलको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

‘हामिले विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौं’, संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले भने, ‘पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!