काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ ।

Advertisement

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो ।

दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्न बैठकले सो जिम्मेवारी तोकेको हो ।

पार्टी एकतापछि संसदीय दलभित्रको जिम्मेवारी हेरफेर र समायोजन गरिएको हो ।

यसैगरी नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरिएको छ । बैठकमा अर्थमन्त्री एवं अर्थविद्ले संसद्मा प्रस्तुत सरकारको बजेटका प्राथमिकता र विशेषताबारे प्रस्तुति गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सरकारको बजेट गरीब र जनतामुखी भएको तथा संविधानको मौलिक हकलाई कार्यान्वयन गर्ने एवं संघीयताको संरचनालाई पृष्ठपोषण गर्ने खालको भएको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!