‘निर्वाचनमा सबैलाई समेट्नुपर्छ’
काठमाडौँ। नेकपा (एमाले)का नेता रघुवीर महासेठले राष्ट्रिय जनता पार्टीले राखेका जायज माग सम्बोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले देश टुक्र्याउने वा विखण्डन गर्ने खालका मागबाहेक मधेसी जनता र मधेसको हितमा हुने जुनसुकै माग मान्न एमाले तयार रहेको बताउनुभएको हो ।
उहाँले “राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएक...
