पोखरा । पत्रकार प्रकाश ढकालको उपचारका लागि नेपाल पत्रकार महासङ्घ कास्कीले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

स्वासप्रस्वासमा समस्या देखिएपछि एक हप्ता अघिदेखि गण्डकी मेडिकल कलेजमा भर्ना भएका ढकाललाई महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतका पदाधिकारीले अस्पतालमै पुगेर उक्त रकम सहयोग गर्नुभएको हो ।

Advertisement

त्यस्तै ढकालको उपचारका लागि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले रु सात हजार र नेपाल प्रेस युनियन कास्कीले रु पाँच हजार सहयोग प्रदान गरेको छ । मञ्चका अध्यक्ष केशव पाठक र युनियनका अध्यक्ष शिरोमणि बरालले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!