संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाको निगालेमा आज दिउँसो बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन । ईटहरीबाट खाँदवारी जाँदै गरेको को.१ ख.३५५५ नम्बरको बस धनकुटा नगरपालिका–१ निगाले स्थित शिवालय मन्दिर नजिक दुर्घटना भएको हो ।

बस सडकबाट मुनि पल्टिएको छ । दुर्घटनामा परी घाईते भएकाहरुको जिल्ला अस्पताल धनकुटा र हिले स्थित पोलिक्लिनिकमा उपचार भईरहेको छ । अधिकांस घाईतेको अवस्था सामान्य छ ।

Advertisement
धनकुटाको निगालेमा पल्टिएको बस ।

बिपरित दिसाबाट आईरहेको गाडीलाई ‘साईड’ दिनेक्रममा बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

बस चालक ईटहरी सुनसरी–५ का ३३ बर्षीय दौतमबुद्ध राईलाई हिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

UPDATE NEWS-

धनकुटाको निगालेमा बस पल्टिदा १३ घाईते (घाईतेको नामावली र फोटो फिचरसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!