संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटाको निगालेमा आज दिउँसो बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन । ईटहरीबाट खाँदवारी जाँदै गरेको को.१ ख.३५५५ नम्बरको बस धनकुटा नगरपालिका–१ निगाले स्थित शिवालय मन्दिर नजिक दुर्घटना भएको हो ।

Advertisement

बस सडकबाट तल्तिर पल्टिएको छ । दुर्घटनामा परी घाईते भएकाहरुको जिल्ला अस्पताल धनकुटा र हिले स्थित पोलिक्लिनिकमा उपचार भईरहेको छ । अधिकांस घाईतेको अवस्था सामान्य छ ।

बिपरित दिसाबाट आईरहेको गाडीलाई ‘साईड’ दिनेक्रममा बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । बस चालक ईटहरी सुनसरी–५ का ३३ बर्षीय दौतमबुद्ध राईलाई हिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाईतेहरुको विवरण हेर्नुहोस् … 

जिल्ला अस्पताल धनकुटा उपचार भईरहेका घाइतेहरु:-

  • संखुवासभा चैनपुर वस्ने वर्ष ५० की फुल कुमारी कोईराला (बिक)- अनुहारमा सामान्य चोट ।
  • निजकै छोरा वर्ष २० को लाल बहादुर कोईराला (बिक)- टाउकोमा सामान्य चोट।
  • संखुवासभा मादी वस्ने वर्ष ४२ को मन्जु दाहाल- सामान्य ।
  • निजको छोरा वर्ष २२ को मणि दाहाल- सामान्य ।
  • संखुवासभा सिलिजुङ गा.पा. वस्ने वर्ष २७ की भिम कुमारी राई- सामान्य ।
  • साेही स्थान वस्ने वर्ष २७ को धन राई- सामान्य ।
  • ऐऐ वस्ने वर्ष १८ की देवकला राई- सामान्य ।

हिले पोलिक्लिनिकमा उपचार भईरहेका घाइतेहरु :-

  • मोरंग हसनदह ३ बस्ने बर्ष २४ को यादनर सिह थापा- कुहिनामा चोट अबस्था सामान्य ।
  • संखुवासभा धर्मदेबि न.पा. ३ बस्ने बर्ष २९ को भरत घिमिरे- हातमा चोट अबस्था सामान्य।
  • साेही स्थान वस्ने बर्ष ६५ को गंगा ब. खड्का-  हातमा चोट अबस्था सामान्य ।
  • मोरंग गोठगाउ बस्ने बर्ष ३८ कि सरु गुरुङ- हातमा चोट अबस्था सामान्य ।
  • संखुवासभा चियाभुङ्ग ६ बस्ने बर्ष ४९ की लक्ष्मी तामाङ्ग- बाया हातमा चोट अवस्था सामान्य ।
  • संखुवासभा चैनपुर न.पा. १० बस्ने बर्ष ५८ को हरि बहादुर भण्डारी- बाया साईडको करङ्गमा चोट अवस्था सामान्य ।

बस दुर्घटनाका तस्वीरहरु हेर्नुहोस् 

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

धनकुटाको निगालेमा बस दुर्घटना

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!