- संगालोखबर सम्वाददाता

धनकुटा। धनकुटामा विगत पाँच महिनाको अवधिमा १९ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको एक तथ्यांकले देखाएको छ । मानव अधिकार बर्ष पुस्तक २०१८ का लागी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार गरेको अर्धबार्षिक प्रतिवेदनमा यस्तो पाईएको हो ।

इन्सेकले प्रतिवेदन पूर्व समिक्षा कार्यक्रम गरी ०७३ पुस १७ देखि ०७४ जेठ २६ गतेसम्मको अवधिमा जिल्लामा १९ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको जानकारी दिएको हो ।

Advertisement

जसमा सवैभन्दा बढि महिला विरुद्ध हुने सवै किसिमका भेदभाव उन्मुलन अन्र्तगत १७ जना महिला घरेलु हिंसाबाट पीडित भएको ईन्सेक धनकुटा प्रतिनिधि सन्तोष रुचालले जानकारी दिए ।

उनका अनुसार नागरिक तथा राजनीतिक अधिकार अन्र्तगत सम्मानित रुपमा बाँच्न पाउने अधिकार उल्लंघनका २ वटा घटना छन । पाँच महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघनका घटनामा गैर राज्य पक्षमात्र संलग्न देखिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, मानवअधिकारकर्मी विदुर सुवेदी, प्रहरी नायव उपरीक्षक प्रविणलाल श्रेष्ठ, कांग्रेस नेता आनन्दसन्तोषी राई, माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगाना, नेकपा क्रान्तिकारी माओवादीका गोपाल विश्वकर्मा लगायतले मानवअधिकार उल्लंघनका घटना न्युनिकरण गर्न सवैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागिहरुले प्रतिवेदनका बिषयमा टिप्पणी गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!