निर्वाचनलार्इ लक्षित गर्दै सप्तरीको शुरक्षा ब्यवस्थामा कडाई तालिम प्राप्त कुकुर प्रयोग गरी ठाउँठाउँमा चेकिङ

निर्वाचनलार्इ लक्षित गर्दै सप्तरीको शुरक्षा ब्यवस्थामा कडाई तालिम प्राप्त कुकुर प्रयोग गरी ठाउँठाउँमा चेकिङ

सप्तरी । आगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सम्बन्धित मतदान केन्द्रमा समेत प्रहरी टोली पठाइसकेको जानकारी दिँदै कुनै घटना ...
सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

सेमिफाईनलका लागि आज झापा र सुनसरी भिड्दै  

धनकुटा, २८ भदौ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाईनलमा आज विर्ता युनाईटेड झापा र गोधुली क्लव सुनसरी वीच खेल हुँदैछ । सेमिफाईनल प्रवेशका लागि विर्ता र गोधुली आम्नेसाम्ने हुन लागेका हुन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । ‘ए’ डिभिजन क्लव झापा–११ का अधिकांस खेलाडीका साथ विर्ता यूनाईटेड मैदान उत्र...
ऋषि लिला पत्रकारिता पुरस्कार चट्याङ मास्टरलाई

ऋषि लिला पत्रकारिता पुरस्कार चट्याङ मास्टरलाई

पोखरा। पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ऋषि—लिला स्मृति पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई प्रदान गरिएको छ । पत्रकारिताको माध्यमबाट समाजका ज्येष्ठ नागरिकको हकअधिकार संरक्षणमा सहयोग पु¥याएबापत प्रदान गरिएको सो पुरस्कारको राशि रु २० हजार एक नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । पोखरा वृद्धाश्रममा मंगलबार आयोजित एक समारोहका बीच संसद् विकास समितिका सभाप...
नागरिकता र सरकारी छाप कीर्ते अभियोगका अभियुक्त ११ वर्षपछि पक्राउ

नागरिकता र सरकारी छाप कीर्ते अभियोगका अभियुक्त ११ वर्षपछि पक्राउ

चौतारा । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ । साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । दोषी पाण्डेले सरकारी छाप दुरुपयोग गरी कीर्ते द...
ग्यास्ट्रीकले निम्त्याउन सक्छ अल्सर, यस्ता छन् अल्सरका लक्षण

ग्यास्ट्रीकले निम्त्याउन सक्छ अल्सर, यस्ता छन् अल्सरका लक्षण

खाना खाएको १/२ घण्टा पछि या रातको समयमा पेटको माथिल्लो भाग या बिच तिर जलन जस्तो भएर दुख्छ भने त्यो अल्सरको संकेत हुनसक्छ । खाना खाएपछि या अरु बेला पनि बान्ता आईरहन्छ भने पनि अल्सरको लक्ष्मण हुनसक्छ । प्रायः जसो पेट फुलीरहन्छ भने पनि अल्सरको संकेत हुन सक्छ । तल पेटको ग्यास बिस्तारै खाना नलि हुँदै माथील्लो भागमा आउँदा छाती वरीपरी पोलेजस्तो भएमा पनि सम्झनुहोस् कि तपाइँलाई अल्सर भएको हुनसक्छ । स...
एसीसी यू–१९ एसिया कप छनोटमा नेपालको लगातार दोस्रो जित

एसीसी यू–१९ एसिया कप छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं। मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । मलेसियास्थित किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले मात्र ८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले अविजित २३ रन जोडे । यस्तै अर्का ओपनर सन्दिप सुनारले २१ रन जो...
शिक्षक गौतमले गरे क्यान्सर पीडितलाई सहयोग

शिक्षक गौतमले गरे क्यान्सर पीडितलाई सहयोग

भद्रपुर। क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गरेका छन् । विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा संकलित रु १५ हजार २६० नगद सहयोग...
आयोगद्वार आचारसंहिता पालना  सरकारलाई  निर्देशन

आयोगद्वार आचारसंहिता पालना सरकारलाई निर्देशन

काठमाडौ। निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू निकायलाई थप निर्देशन/पत्राचार गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको सयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिको आजको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने सामग्रीको वितरणमा रोक लगाउन सम्बद्ध निकाय तथा ...
अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ । रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । सो सडक खण्डमा मंगलबार साँझ ७ः४० बजे चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो । पहिरो खसेको ठाउँ नारायणगढ...
साल्ट ट्रेडिङले दियो चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न

साल्ट ट्रेडिङले दियो चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न

चितवन।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, चितवनले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा गामबेँसिको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम चेपाङ बालबालिकाका लागि सहयोग गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । कार्यालयमै बसेर कर्मचारी मिलेर खर्च गर्ने परम्पराबाट माथि उठेर गरिबक...
कहिलेसम्म जान्छ कांग्रेस–माओवादी गठबन्धन ?

कहिलेसम्म जान्छ कांग्रेस–माओवादी गठबन्धन ?

काठमाडौं । नेपाली राजनीतिमा सरकार आलोपालो चलाउने सहमति पटक–पटक हुँदै आएका छन् । तर, एक वर्ष नबित्दै सत्तारुढ दलबीच खटपट देखिने इतिहास छ । केही समयअघि तत्कालीन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनाउन सहयोग गरेको कांग्रेसलाई सत्ता हस्तान्तरण गरेर गठबन्धन संस्कारमा नयाँ अध्याय थपिदिए । प्रचण्ड प्रधानमन्त्री हुँदा गरेको भद्र सहमतिमा चैतसम्म ...
राजधानीमा अचाक्ली धुँवाधुलो, थलिँदै बालबालिका

राजधानीमा अचाक्ली धुँवाधुलो, थलिँदै बालबालिका

काठमाडौं, २८ भदौ। अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्यकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक–पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ । चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको ...
भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

भीमनारायण गोल्डकप: धनकुटालाई घरेलु मैदानमा हराउँदै मोरङको बिजयी सुरुवात (भिडियोसहित)

धनकुटा, २७ भदौ । धनकुटामा मंगलबारबाट सुरु भएको १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वेलवारी एफ.सी. मोरङ विजयी भएको छ । घरेलु मैदानमा आयोजक धनकुटा–११ लाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङले बिजयी सुरुवात गरेको हो । वेलवारी एफ.सी.का दिपक राईले खेल सुरुवातको ६ र १७ औं मिनेटमा लगातार दुई गोल गरे । वेलवारीकै निसान लिम्बुले २७ औ मिनेटमा गोल थप्...
टिकट बुकिङ खुलेसँगै यात्रुको घुइँचो

टिकट बुकिङ खुलेसँगै यात्रुको घुइँचो

काठमाडौ। रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो । नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको छ । अग्रिम टिकट बुकिङको खबर केही दिन अगाडिदेखि नै सञ्चारमाध्यममा छाएपछि एकाबिहानै हजारौँ व्यक्ति नयाँ बसपार्कमा लामबद्ध देखिन्थे । आगामी असोज ...
आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न अख्तियारमा राप्रपाको निवेदन

आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न अख्तियारमा राप्रपाको निवेदन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नेपाल आयल निगममा भएको भनिएको भ्रष्टाचार तथा बूढीगण्डकीमा भएको भनिएको अनियमितताको छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता गराएको छ । ती विषयमा राम्रो छानबिन गरी भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्न माग गरिएको छ । संसदीय समितिले छानबिन गरी निगमले तेल भण्डारणका लागि विभिन्न स्थानम...
सप्तरीमा कटुवा पेस्तोलसहित तीन पक्राउ

सप्तरीमा कटुवा पेस्तोलसहित तीन पक्राउ

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित तीन युवालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा शंकास्पद अवस्...
धादिङमा भएको बस दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु

धादिङमा भएको बस दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु

धादिङ। विशालटार नजिकैै आज बिहान भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहका अनुसार घाइते अवस्थामा काठमाडाै लगिएका नवलपरासी जिल्ला सुस्ता गाउँपालिका–५ निवासी ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो । रमाशंकरको स्टार अस्पताल बल्खु र रामको ट्रमा सेन्टर, वीर अस्पतालमा मा मृत्यु भएको हो । काठमाडा...
झापाकि बिस्मिता विदेशमा यातना भोग्दै, जनप्रतिनिधि नै मानव तस्करीमा

झापाकि बिस्मिता विदेशमा यातना भोग्दै, जनप्रतिनिधि नै मानव तस्करीमा

झापा। मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् । कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् । मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुबेत पु¥याएको थियो । गाउँकै मीना कामील...
बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

बिएण्डसी हस्पिटलमा मापदण्ड पुरा, ५० शय्यामा आइसियु सेवा विस्तार

झापा। झापाको बिर्तामोडमा तीन वर्षअघिदेखि सञ्चालनमा आएको बिएण्डसी हस्पिटलले सेवा विस्तार गर्दै सोमबारदेखि ५० शय्याकोे सघन उपचार कक्ष (आइसियु) सेवा सुरू गरेको छ । विसं २०७१ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको यो अस्पताल निजीस्तरमा पूर्वाञ्चलकै  ठूलो अस्पताल हो । मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा रहेको यो अस्पताल ३०० शय्याको छ । २२ बिघामा  क्षेत्रफलमा फैलिएक...
माओवादी केन्द्रसंग एकता हुँदैन–वैद्य

माओवादी केन्द्रसंग एकता हुँदैन–वैद्य

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ ।  पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गर्नुभयो । आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा...
खेलिरहेका दुई दिदीभाइको सुरक्षाकर्मीद्वारा गोली हानी हत्या

खेलिरहेका दुई दिदीभाइको सुरक्षाकर्मीद्वारा गोली हानी हत्या

एजेन्सी।उत्तर प्रदेशको एटा जिल्लामा सोमबार रक्सीको नशाले मात्तिएका एक सुरक्षाकर्मीले गोली हानेर दिदीभाइको हत्या गरेका छन् । एटा पुलिसका अनुसार आरोपी योगेन्द्र उर्फ छोटे सिंह यादवलाई पक्राउ गरेको छ । उक्त घटना अलिगंज क्षेत्रको जसरथपुर थानाक्षेत्रको देवतरा गाउँको हो । एटाका वरिष्ठ पुलिस अधिक्षक अखिलेश कुमार चौसासियाले बीबीसीलाई भने, ‘घटना सोमबारको हो । आरोपी रक्सीको नशामा पीडित परिवारको घर बाहिर...
आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

आजदेखि भीमनारायण गोल्डकपः उद्घाटन खेलमा धनकुटा र मोरङ भिड्दै

धनकुटा, २७ भदौ । धनकुटामा आजदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा धनकुटा–११ र वेलवारी एफ.सी. मोरङ  आम्नेसाम्ने हुँदैछन । स्थानीय टुडिखेलमा दिउँसो ३ बजेबाट प्रतियोगिता सुरु हुने आयोजक समिति संयोजक सम्भु प्रधानले संगालोखबरलाई जानकारी दिएका छन । प्रतियोगितामा एक विदेशीसहित ६ टिम सहभागी हुँदैछन । भुटानको बि.आर.सि...
बस व्यवसायी संघले गर्यो मृतकका परिवारलाई दुई लाख सहयोग

बस व्यवसायी संघले गर्यो मृतकका परिवारलाई दुई लाख सहयोग

पाल्पा ।  रामपुर नगरपालिका–५ बेझाड बस्ने स्व ज्योतीप्रकाश अधिकारीको परिवारलाई रु दुई लाख सहयोग प्राप्त भएको छ । पश्चिम नेपाल बस व्यवसायी संघ, बुटवल, रुपन्देहीले अधिकारीको परिवारलाई काजकिरिया खर्चबापतको सो रकम सहयोग गरेको हो । संघमा आबद्ध रहेका स्व अधिकारीकी श्रीमती केशरी अधिकारीलाई पश्चिम नेपाल बस व्यवसायी संघका सहसचिव मोहन पिएस, सदस्य जुलेस थापा सारु, रामचन्द्र खड्का, रामपुर शाखा प्रमुख शिव ढका...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि थप तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला सात सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी बजारमा सात सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दै

गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दै

राजविराज।  वर्षा र बाढीपछि विगत एक सातादेखि बढेको गर्मीका कारण यहाँ विभिन्न रोगको संक्रमणका बिरामी बढ्दै गएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा विभिन्न रोगका संक्रमित बिरामीको चाप बढेको छ । सो अस्पतालमा आजभोलि भाइरल ज्वरो, ज्वरो, झाडापखाला, रुघाखोकी र सर्पदंशलगायतका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । गर्मी बढेसँगै अञ्चल ...
सुन तस्करका नाइके माओवादी नेता

सुन तस्करका नाइके माओवादी नेता

काठमाडौं। भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई कामु जिम्मेवारी दिएर सम्पर्कविहीन भए । २० दिन बिदा लिएर बसेका पौडेलको मोबाइल अहिले स्विच अफ छ । ११ दिनअघि काठमाडौंमा बरामद १५ किलो सुनका मालिक माओवादी केन्द्रबाट भोटेकोसी गाउँपालिकाको अध्यक्ष जितेका राजकुमार पौडेल रहेको खुलेको छ । पौडेल बिदा...
काभ्रेपलाञ्चोकको पनौतीमा बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

काभ्रेपलाञ्चोकको पनौतीमा बोलेरो दुर्घटनामा एकको मृत्यु, ११ घाइते

धुलिखेल। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बल्थलीबाट पनौतीतर्फ आइरहेको बा ९ च ७२७७ नंको बोलेरो सोमबार साँझ दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीका अनुसार मृत्यु भएका एकजनाको सनाखत हुन बाँकी ...
अनुहारमा दाग छ ? यी हुन् सजिलै हटाउने २० तरिका

अनुहारमा दाग छ ? यी हुन् सजिलै हटाउने २० तरिका

दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ । घ्यूकुमा...
धादिङमा बस  दुर्घटना,३१ घाइते

धादिङमा बस दुर्घटना,३१ घाइते

धादिङ । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । चवालीसजना यात्रु लिएर हिँडेको ब...
उत्तर कोरियाविरुद्ध लाग्यो अर्को नयाँ प्रतिबन्ध

उत्तर कोरियाविरुद्ध लाग्यो अर्को नयाँ प्रतिबन्ध

एजेन्सी।  संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाइदिएको छ । चीन र रुसले पनि नयाँ प्रतिबन्धमाथि सहमती जनाएको छ । यसप्रकारले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध सर्वसम्मतिले लगाइएको छ । उत्तर कोरियाले सेप्टेम्बर तीन तारिखमा छैटौं र आफ्नो सबैभन्दा ठूलो परमाणु परिक्षण गरेको थियो । यसै कारण सुरक्षा परिषदले उक्त देशमाथि नयाँ प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको दाबी अनुसार ...
महोत्तरीमा अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

महोत्तरीमा अज्ञात समूहद्वारा ग्यास सिलिन्डर विस्फोट

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–८ मा ग्यास सिलिन्डर विस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउन एक हप्तामात्र समय बाँकी रहेको समयमा गएराति अज्ञात समूहले ग्यास सिलिन्डर विस्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीयवासी उमेश महतोको उखुबारीमा अज्ञात समूहले ग्यास सिलिन्डर पड्काएर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थलमा ग्यास सिलिन्डरको माथिको गोलो रिङ, कप...
error: Content is protected !!