भद्रपुर। क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गरेका छन् ।

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा संकलित रु १५ हजार २६० नगद सहयोग गरेको पीडित राजवंशीका श्रीमान् नेत्र राजवंशीले जानकारी दिए ।

Advertisement

स्थानीय गाउँलेले समेत आर्थिक सहयोग गर्दै आएका छन् भने सबै संघसंस्थाले आर्थिक सहयोग गरी श्रीमतीलाई बचाइ दिन नेत्र राजवंशीले सबैसँग अपिल गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!