काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नेपाल आयल निगममा भएको भनिएको भ्रष्टाचार तथा बूढीगण्डकीमा भएको भनिएको अनियमितताको छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता गराएको छ ।

ती विषयमा राम्रो छानबिन गरी भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्न माग गरिएको छ । संसदीय समितिले छानबिन गरी निगमले तेल भण्डारणका लागि विभिन्न स्थानमा किनेका जग्गा चलनचल्तीभन्दा चार गुणा बढी मूल्यमा कारोबार गरिएको समाचार आएपछि उक्त संगठनले त्यसको छानबिन गर्न आयोगलाई आग्रह गरेको हो ।

त्यसैगरी ‘बूढीगण्डकी आयोजना विश्वव्यापी बोलपत्र आह्वान गरी अगाडि बढाउनुपर्नेमा दाहाल सरकार कामचलाउ हैसियतमा रहेका बेला चिनियाँ कम्पनीलाई एकपक्षीय रुपमा दिएर अनियमितता गरिएकाले’ त्यसको उचित छानबिन गर्नुपर्ने उक्त पत्रमा माग गरिएको छ ।

संगठनका अध्यक्ष प्रकाश रिमालले मुलुकमा विकास तथा समृद्धिका लागि भ्रष्टाचार बाधक रहेको बताउँदै यसको अन्त्य गरी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!