टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला
राजविराज, ५ मंसिर । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
मंगलवार बिहान नदि छेउमा दिशा पिसाब गर्न गएका गाउँलेहरुले क्षत विक्षत शव हेरेपछि प्रहरीलाई जानकारी गराएका थिए। कोशी नदि छेउमा फालिएको शव भन्दा झण्डै ३ सय मिटरको वरपर शरिरका विभिन्न भागहरु छरिएको अवस्...
























