धनकुटालाई राजधानी बनाउँन काठमाण्डौंमा बहस

धनकुटालाई राजधानी बनाउँन काठमाण्डौंमा बहस

काठमाण्डौं, १२ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन छिमेकी जिल्लाका नेता र सांसद पनि सकारात्मक देखिएका छन् । धनकुटालाई प्रादेशिक राजधानी बनाउँने सन्दर्भमा मंगलवार काठमाण्डौंमा भएको बहसमा सहभागि छिमेकी जिल्लाका नेता र सांसदहरु धनकुटा प्रति सकारात्मक देखिएका हुँन् । कार्यक्रममा तेह्रथुम प्रतिनिधि सभाका सदस्य भवानी खापुङ, तेह्रथुम प्रदेशभा (क) का सांसद लक्ष्मण तिवारी, संखुवासभाका ने...
राष्ट्रिय सभासम्बन्धी विवाद अदालतमा

राष्ट्रिय सभासम्बन्धी विवाद अदालतमा

काठमाडौं, १२ पुस । अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । अधिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र प्रमुख तीन दल एमाले, माओवादी र कांग्रेसलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् । आफ्नो रिट आजै २ बजे दर्ताका लागि सर्वोच्चले आफुलाई बोलाएको न्यौपा...
सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

काठमाडौँ, १२ पुस । विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिए । प्रतिनिधिमण्डलमा कार्यकारी निर्...
जहाँका जनता लामाधामीलाई नै डाक्टर मान्छन्

जहाँका जनता लामाधामीलाई नै डाक्टर मान्छन्

पाल्पा, १२ पुस । जिल्लाको रिब्दिकोट गाउँपालिका–८, फेक, पेलाचौरका ७० वर्षीय जितबहादुर बगाले अहिलेसम्म बिरामी परेपछि लामाधामीकै भरमा पर्दै आएका छन् । उनी बिरामी पर्न थालेपछि पहिला लामाधामीकहाँ पुगेर उपचार गराउँछन् । “पटकपटक लामाधामीसँग उपचार गराउँदा निको नभएपछि मात्र अस्पताल जाने गरेको छु” उनले भने । “अस्पताल नजिक छैन, दिन बिताएर हिँडेर अस्पतालमा उपचार गर्न जानभन्दा घर नजिकै लामाधामीसँगै उपचार ग...
विप्लव समूहका दुई नेता जेल चलान: ज्यान मार्ने उद्योगसम्बन्धित मुद्दा

विप्लव समूहका दुई नेता जेल चलान: ज्यान मार्ने उद्योगसम्बन्धित मुद्दा

उदयपुर, १२ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो ...
चुल्ठे मुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

चुल्ठे मुन्द्रेलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने भन्दै सर्वोच्च अदालतले जोरजबर्जस्ती नगर्न प्रहरीका नाममा आदेश दिएको हो । प्रहरीले चुल्ठेमुन्द्रेलाई पक्राउ गरी जबर्जस्ती कपाल काटिदिने, मुन्द्री निकालिदिने गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्र...
खोकुको पञ्चकृष्ण माविलाई एक करोड सहयोग

खोकुको पञ्चकृष्ण माविलाई एक करोड सहयोग

धनकुटा, १२ पुस । धनकुटाको खाल्सा छिन्ताङ्ग शहीदभूमि गाउँपालिका–४ को पञ्चकृष्ण माध्यमिक बिद्यालयलाई एक करोड आर्थिक सहयोग प्राप्त भएको छ । व्रिटिस गोरखा वालफेयर अफिस जिरिखिम्तीले बिद्यालयको भवन निर्माणका लागि सहयोग गरेको हो । मंसिर पहिलो सातावाट विद्यालयको भवन निमार्ण थालिएको छ । ६ महिना भित्र भवन निर्माण पुरा गर्ने गरी निमार्ण कार्य भईरहेको विद्यालयका प्रध्यानाध्यापक शमशेरमान राईले संगालोखब...
धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटा, ११ पुष । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा करिव दुई महिना अघि शंकास्पद अवस्थामा भेटिएको वेवारिसे शवको अझै सनाखत हुँन सकेको छैन । शरिरमा चोटपटक लागेको र वरिपरी रगत तलपतिएको अवस्थामा गत कात्तिक २५ गते सडकको नालिमा करिव ३० बर्षीया युवातीको वेवारिसे शव फेला परेको थियो । घटनास्थल र लाशको प्रकृतिका आधारमा हत्या गरेर फलिएको हुँनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । तर, फेला परेको दुई ...
सवारी जाँचका क्रममा प्रहरीद्वारा ४ जना पक्राउ

सवारी जाँचका क्रममा प्रहरीद्वारा ४ जना पक्राउ

मकवानपुर, ११ पुस । प्रहरीले विभिन्न जिल्लामा गरेको सवारी जाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ ।  मंगलबार मकवानपुर, रौतहट, बागलुङ लगायतका जिल्लाहरुबाट चार व्यक्ति पक्राउ परेका हुन् । मकवनापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा उदयपुरतर्फ जाँदै गरेका १९ वर्षीय सुमन जिम्बा पक्राउ परेका छन् । ना.६ ख २३०४ नम्बरको बसमा सवार जिम्बालाई ६ किलो ५ सय ग्राम...
जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

उदयपुर, ११ मंसिर । उदयपुरमा सुन्तला बोकेको जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन गम्भिर घाईते भएका छन । रौतामाई गाउँपालिकाको सल्लेबाट गाईघाटतर्फ आउँदै गरेको स१च १२२८ नम्वरको बोलेरे जीप रौतामाई गाउँपालिका ६ जितेनी पाखामा मंगलबार दुर्घटना भएको हो । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका १० बस्ने बर्ष ५० का कमल राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको घट्नास्थलमै मृत्यु ...
आफ्नो हतियार फिर्ता गरिदिन रक्षामन्त्री प्रधानसँग आग्रह

आफ्नो हतियार फिर्ता गरिदिन रक्षामन्त्री प्रधानसँग आग्रह

म्याग्दी, ११ मंसिर । सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए । सरकारको आग्रहलाई स्वीकार्दै सेनालाई हतियार बुझाइए पनि शान्ति प्रक्रिया शुरु भएको लामो समय भइसक्दा समेत...
दमौली अस्पतालको फार्मेसीबाट ८० हजारको समान चोरी

दमौली अस्पतालको फार्मेसीबाट ८० हजारको समान चोरी

तनहुँ, ११ पुस । तनहुँ जिल्लाकै ठूलो दमौली अस्पताल केही दिनयता असुरक्षित बन्दै गएको छ। अस्पताल हाताभित्रै रहेका सामग्री चोरी हुने क्रम बढ्दै गएर असुरक्षित भएको हो। अस्पतालको तारजालीभित्र रहेको फार्मेसीबाट विभिन्न सामग्रीहरु चोरी भएको छ। अस्पतालको करिब ८० हजार बराबरको सामग्रीहरु चोरी भएको जिल्ला अस्पतालका प्रशासन सहायक अमर भण्डारीले जानकारी दिए। ‘यसअघि अस्पतालको सामग्रीहरु छिटफुट रुपमा हराइरहेको...
धुलिखेलको काभ्रेभञ्ज्याङ दुर्घटनामा मृत्यु हुनेको सनाखत

धुलिखेलको काभ्रेभञ्ज्याङ दुर्घटनामा मृत्यु हुनेको सनाखत

बनेपा, ११ पुस । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ७ स्थित काभ्रेभञ्ज्याङ नजिकै भएको दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको आज सनाखत भएको छ । रौतहटका राजपुर नगरपालिका– ७ का २० वर्षीय सञ्जीव शाहको दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नं को मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै...
नाम बेच्न मात्रै बनाइन्छ सिक्वेल फिल्म : न पात्र, न कथाको निरन्तरता

नाम बेच्न मात्रै बनाइन्छ सिक्वेल फिल्म : न पात्र, न कथाको निरन्तरता

काठमाडौं, ११ पुस । कथा, विषयवस्तु र पात्रलाई निरन्तरता दिएर त्यही नाममा बनाइने फिल्मलाई सिक्वेल भनेर चिनिन्छ। यस्ता फिल्ममा प्राय अघिल्लो फिल्मको अन्त्यबाटै कथा उठान गरिन्छ भने पात्र पनि दोहोर्‍याइन्छ। तर नेपाली फिल्मको सन्दर्भमा हेर्ने हो भने सीमित फिल्मबाहेक अरुमा सिक्वेलको अर्थले मेल खादैन। नेपाली फिल्मले कथा वा पात्रलाई निरन्तरता नदिई सिक्वेल भनेर प्रचार गरिरहेका छन्। नाम र सफल फिल्मको ब्रा...
एशियाकै कामुक प्रियंका कसरी ८० बच्चाकी आमा ?

एशियाकै कामुक प्रियंका कसरी ८० बच्चाकी आमा ?

बलिउडकी देसी गर्ल प्रियंका चोपडाले हालै खुलासा गरिन्, उनले ८० जना बच्चा हुर्काइरहेकी छिन् । खासगरी ति बच्चाहरुको पढाईका लागि प्रियंकाले खर्च जुटाउने गरेकी रहिछन् । केहि समयअघि उनलाई एक इभेन्टमा सोधियो, ‘सुष्मिता सेन, रवीना टन्डनले अरु बच्चालाई पालनपोषण गरिरहेका छन् । तपाई किन गर्नुहुन्न ?’ जवाफमा उनले आफुले एक फाउन्डेसन चलाइरहेको बताएकी थिइन् । उक्त फाउन्डेनमा ८० भन्दा बढी बच्चा रहेछन् ।...
सौराहामा हात्ती महोत्सव सुरु

सौराहामा हात्ती महोत्सव सुरु

चितवन, ११ पुस । साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटिकय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी । मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । सौराहामा हात्ती महोत्सव हरेक वर्ष...
गर्भवती युवतीलाई अलपत्र पार्न वडा सचिव नै सक्रिय !

गर्भवती युवतीलाई अलपत्र पार्न वडा सचिव नै सक्रिय !

गुल्मी, ११ पुस । अर्घाखाँचीकी एक दलित गर्भवती युवतीले आफूले न्याय नपाएको गुनासो गरेकी छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर ४ खनकी १८ वर्षिया समिता विक (नाम परिवर्तन) ८ महिनाको गर्भसहित अलपत्र परेकी हुन् । उनले गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर २ , पिपलधारा जुम्लादीका १७ वर्षिय सन्तोष बिकले आफुलाई विवाह गर्ने प्रलोभन देखाई  गर्भधारण गराएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय सन्धि...
‘शिक्षा कर’ बोर्डिङ स्कुलले तिर्ने कि अभिभावकले ?

‘शिक्षा कर’ बोर्डिङ स्कुलले तिर्ने कि अभिभावकले ?

काठमाडौं, ११ पुस । तपाईको घर वा डेरामा स्कुलबाट मंसिर/पुस महिनाको बिल आयो ? यदि आएको छ भने त्यसमा पक्कै पनि ‘एजुकेसन ट्याक्स’ का नाममा एक प्रतिशत रकम जोडिएको छ र त्यो कर तपाईले मासिक शुल्कसँगै विद्यालयलाई बुझाउनुपर्ने छ । सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क भनेको छ । संविधानले शिक्षालाई नागरिकको मौलिक हकअन्तरगत राखेको छ । तर, निजी स्कुलहरुले विद्यार्थीबाट शुल्क उठाएवापत राज्यलाई तिर्नुपर्ने ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, ११ पुस । आज सुनको भाउ रु १०० ले बढेको छ । आइतबार  तोलाको ५४ हजार  ९०० मा करोबार भएको  छापावाला सुन आज तोलामा ५५ हजारमा कारोबार भइरहेको छ ।  सोमबार भने सुनको भाउ स्थिर थियो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार  आज  तेजावी सुनको मूल्य भने  तोलाको ५४ हजार  ७ सय रहेको छ ।  आइतबार तेजाबी सुनको मूल्य ५४ हजार ६०० रहेको थियो । यस्तै  आज चादी तोलामा ७ सय ३० मा कारोबार भईरहेको छ । सा...
मैतिदेवीमा बस पल्टियो: १७ जना घाइते, तीनको अवस्था गम्भीर

मैतिदेवीमा बस पल्टियो: १७ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, ११ पुस । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहान  बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकैको बिजीलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेको नर्भिक अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ । स्थानीयका अनुसार बि...
सराेकारवालाले अाखाँ चिम्लिएपछि सार्वजनिक स्थलमा खुलेआम मदिरा विक्री बढदै

सराेकारवालाले अाखाँ चिम्लिएपछि सार्वजनिक स्थलमा खुलेआम मदिरा विक्री बढदै

झापा, ११ पुस । सरकारले लागू गरेको नियम मिच्दै सार्वजनिक स्थलहरुमा जथाभावी मदिराजन्य पदार्थको बिक्री भइरहँदा नियमनकारी निकाय भने रमिते बन्ने गरेको छ । आवश्यक इजाजत पत्र लिएर तोकिएको स्थानहरुमा मात्र बिक्री गर्न पाइने मदिराजन्य पदार्थको जथाभावी बिक्रीले सवारी दुर्घटना, झैझगडा, घरेलु हिंसालगायतका घटनाहरुमा समेत वृद्धि भएको सरोकारवालाहरुको भनाइ छ । समाजमा अवाञ्छित गतिविधि गराउन सहयोग पुग्ने र मानव ...
चिसो बढ्यो महोत्तरीमा पनि, जनजीवन प्रभावित

चिसो बढ्यो महोत्तरीमा पनि, जनजीवन प्रभावित

गौशाला, ११ पुस । महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११÷१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा...
वैद्य–विप्लवको निश्कर्ष : माओवादी केन्द्र एमालेमा पतन, दुई पार्टीबीच एकताको पहल

वैद्य–विप्लवको निश्कर्ष : माओवादी केन्द्र एमालेमा पतन, दुई पार्टीबीच एकताको पहल

काठमाडौँ, ११ पुस । माओवादी केन्द्र एमालेमा पतन भएको निश्कर्षसहित मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेपाल कम्युष्टि पार्टी (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकताको पहल शुरु भएको छ । दुई पार्टीका शीर्ष नेताहरुको उच्च स्तरीय बैठकले क्रान्तिकारी कम्युनिष्टहरु बीचको वैचारिक, राजनीतिक, संगठनात्मक एकीकरण तथा ध्रुवीकरण आवश्यक भएको नि...
इलामको एक घरमा आगलागी हुँदा ४० लाखको क्षति

इलामको एक घरमा आगलागी हुँदा ४० लाखको क्षति

इलाम, ११ पुस । इलामको देउमाई नगरपालिका–६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा रु ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ । घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थान...
अब सहकारीमा पनि स्रोत खुलाउनुपर्ने

अब सहकारीमा पनि स्रोत खुलाउनुपर्ने

सरकारले सहकारी संस्थामा पनि १० लाख रूपैयाँभन्दा बढी कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा केही वर्ष अघिदेखि नै लागू भइसकेको यो व्यवस्था बचत तथा ऋण कारोबार गर्ने सहकारीमा पनि लागू गर्न लागिएको हो । ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४’ अन्र्तगत सहकारी तथा गरिवी निवारण मन्त्रालयले स्रोत खुलाउनुपर्ने व्यवस्थासहितको सम्पति शुद्धीकरणसम्बन्धी निर्देशन जारी ग...
काबेली बैंकमा माउन्ट मकालु गाभिने प्रकृया अन्तिम चरणमा

काबेली बैंकमा माउन्ट मकालु गाभिने प्रकृया अन्तिम चरणमा

धनकुटा, १० पुस । काबेली बिकास बैंकमा माउन्ट मकालु डेभलपमेन्ट बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको छ । धनकुटाको काबेली र तेह्रथुम बसन्तपुरको माउन्ट मकालुले सोमबार साधारणसभा गरी बैंक गाभ्ने र गाभिने प्रस्ताव स्वीकृत गरेका हुन् । साधारणसभा पश्चात आयोजित पत्रकार सम्मेलनमा काबेली बिकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले दुई बैंक गाभिने प्रकृया अन्तिम चरणमा पुगेको जानकारी दिदै माघ १ गतेबाट एकीकृत क...
धनकुटाका पत्रकारले बनाए २१ वुँदे आचारसंहित

धनकुटाका पत्रकारले बनाए २१ वुँदे आचारसंहित

धनकुटा, १० पुस । धनकुटाका पत्रकारले आफ्नै लागि स्थानीय पत्रकार आचारसंहिता बनाएका छन् । प्रेस काउन्सिल नेपालले तयार गरेको ‘पत्रकार आचारसंहिता–२०७३’ भएपनि जिल्लाका पत्रकारहरुले स्थानीय स्तरमा पेशालाई थप मर्यादित र ब्यवस्थित गर्न स्थानीय आचारसंहिता बनाएका हुन् । पत्रकार महासंघ धनकुटाको संयोजनमा सूचना बिभागले आयोजना गरेको प्रमुख कानून र आचारसंहिता बिषयक पत्रकार आवद्धता तालिम पश्चात पत्रकारहरुले नयाँ ...
बेलहारामा विमानस्थल बनाउँन डीपीआरको तयारी

बेलहारामा विमानस्थल बनाउँन डीपीआरको तयारी

धनकुटा, १० पुस । धनकुटाको बेलहाराडाँडामा बिमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँने तयारी गरिएको छ । बिमानस्थल निर्माणका लागि बजेट बिनियोजन भएपश्चात डीपीआरसँगै बातावरणीय परीक्षण (ईआईए) समेत गर्ने तयारी गरिएको हो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण डीपीआर तयार गर्न केहि ढिलाई भएपनि अव केहि दिनभित्रै डीपीआरको काम सुरु हुँने बिमानस्थल निर्माणमा पहल गर्दै आएका धनकुटाका प...
अलैँचीको मूल्य अब मोबाइलमै

अलैँचीको मूल्य अब मोबाइलमै

  इलाम, १० पुस । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो । उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर यो व्यवस्था धेरै...
चन्द्रनिगाहपुरका होटलबाट यौन क्रियाकलापमा संलग्न ५ जोडी पक्राउ

चन्द्रनिगाहपुरका होटलबाट यौन क्रियाकलापमा संलग्न ५ जोडी पक्राउ

रौतहट, १० पुस । रौतहटको चन्द्रनिगाहपुरका विभिन्न होटलबाट प्रहरीले यौन क्रियाकलापमा संलग्न ५ जोडीलाई पक्राउ गरेको छ। प्रहरीले होटलहरुको अनुगमन गर्ने क्रममा विभिन्न होटलमा छापा मारी यौन क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक शान्तराज कोइरालाले जानकारी दिए। प्रहरीले सम्झना होटलबाट २ जोडी, आरआर गेष्ट हाउसबाट १ जोडी, सुर्दशन होटलबाट १ जोडी...
ट्राफिक लाइटमा नेपाली प्रविधिकै परीक्षण, युरोपियनभन्दा ५ गुणा सस्तो !

ट्राफिक लाइटमा नेपाली प्रविधिकै परीक्षण, युरोपियनभन्दा ५ गुणा सस्तो !

काठमाडौं, १० पुस । सडक विभागले काठमाडौंमा ट्राफिक लाइट जडानका लागि नेपाली प्रविधिकै परीक्षण गर्ने भएको छ । अहिलेको योजनाअनुसार काम भए अर्को हप्ताभित्रै काठमाडौंको बानेश्वरमा फेरि ट्राफिक लाइट बल्न सुरु गर्नेछ । त्यसलगत्तै महाराजगञ्जमा पनि नेपाली प्रविधिमा आधारित ट्राफिक लाइट जोडिनेछ । यसका लागि अहिले नेपाली प्राविधिकहरुले काम गरिरहेका छन् । अनुमान लागतभन्दा बढी मूल्यमा बोलपत्र हालिएपछि यसअघि ट...
error: Content is protected !!