सरकारको निर्णय बिरुद्ध धनकुटामा मसाल जुलुश
धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । सरकारी निर्णय प्रति बिरोध जनाउँदै जुलुश प्रदर्शन गरिएको हो ।
भीमनारायण चौकबाट सुरु भएको मसाल जुलुश बीचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेको थियो ।
सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद, धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर जस्ता नारा ...


























