अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय
उर्लाबारी, मोरङ, १० साउन । तत्कातीलन नेकपा एमाले का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ ।
गत चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको उक्त संग्रहालय चैत १८ गतेदेखि खुल्ला गरिएको छ । संग्रहालय जननेता भण्डारीको जन्मदेखि मृत्युसम्मका ...






























