काठमाडौँ, १० साउन । सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।

Advertisement

नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ ।

यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुपैयाँ पर्नेछ ।

विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ । आजको कान्तिपुर मा यो यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!