भक्तपुर, १० साउन । हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

Advertisement

विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया गौतम हमालको हत्या गरी फरार रहेका २४ वर्षीया सन्जोग मल्ल ठकुरीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले निजकै घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमन पोखरेलले जानकारी दिए ।

भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!