काठमाडौँ, ९ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच आज पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

पोर्चुगलका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेल र पोर्चुगलको विदेश मन्त्रालयका बाह्य नीति विभागका महानिर्देशक पेड्रो कोष्टा पेरेरियाले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि दुई देशका परराष्ट्रमन्त्रीबीच भएको भेटवार्तामा दुईपक्षीय सम्बन्धका सबै विषयमा विचारविमर्श भएको थियो । व्यापार, लगानी र प्रविधि हस्तान्तरण, पोर्चुगलमा रहेका नेपाली तथा उनीहरुको भाषा संस्कृतिको संरक्षणमा हुनसक्ने सहयोगबारे पनि छलफल भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!