अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ, ११ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकम...
सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

काठमाडौँ, १० साउन । सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको स्वामित्वमा रहेको चलअचल सम्पत्ति तथा दायित्व अर्थ मन्त्रालयमा कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले मिलिनियम च्यालेन्ज एकाउण्ट ...
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो, १० साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो । गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो । आइतबार निधन हुनु भएकी मियाक...
पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, १० साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउ...
आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

काठमाडौँ, १० साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज अपराह्न नेपालस्थित अमेरिकी राजदूत अलाइन बी टेप्लिजले रक्षा मन्त्रालयमा आज बिदाइ भेट गरी खुला सीमा भएकाले आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने बढी सम्भावना भएको तर्फ चनाखो रहन सुझाव दिनुभएको छ । आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर स्वदेश फर्किनुअघि राजदूत टेप्लिजले नेपालको राजनीतिमा आएको परिवर्तनलाई सकारात्मक रुपले अमेरिकाले हेरेको बताउँदै ...
रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवा, १० साउन । गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनक...
शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

शुक्रबार राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

काठमाडौँ, १० साउन । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिनुभयो । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको...
१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा: १८१ खेलाडी बन्द प्रशिक्षणमा

१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा: १८१ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ, १० सउन । आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय खेलकूद परिषद्(राख...
न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा

न्यायिक समितिमा सुँगुर, बंगुरले दुर्गन्ध फैलाएको मुद्दा

ललितपुर, १० साउन । ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै मुद्दा आउन थालेका छन् । महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले मुद्दा हाल्न थालेका हुन् । महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताउनुभ...
फिल्मी शैलीमा काठ तस्करी, पाँच पक्राउ

फिल्मी शैलीमा काठ तस्करी, पाँच पक्राउ

झापा, १० साउन । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर फिल्मी शैलीमा काठ तस्करी गरी भारत लैजाने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ स्थित कनकाई पुलभन्दा करिब १५ मिटर दक्षिण ट्युबमाथि ३१ क्युबिक सखुवाको काठ राखेर बुधबार राति भारततर्फ लाँदै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक गोकर्ण कार्कीले जानकारी दिनुभयो । प...
स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने निजी मेडिकल संघको चेतावनी

बिराटनगर, १० साउन । डा.गोबिन्द केसीको सर्मथनमा नेपाल चिकित्सक संघले शुक्रवारबाट देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि निजी मेडिकल र डेन्टल कलेजहरुले बन्दको प्रतिकार गर्ने चेतावनी दिएका छन् । एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने चेतावनी दिएको हो । एशोसिएसनका अध्यक्ष डा.सुरेश कुमार कानोडियाले बिहिबार प्रेस बि...
इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

इन्टरनेट सेवामा बढेको मूल्य फिर्ता

काठमाडौं, १० साउन। दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि स...
नपकाएको बन्दा वा मासु खानुहुन्छ ? मस्तिष्कमा नाम्ले पर्ला

नपकाएको बन्दा वा मासु खानुहुन्छ ? मस्तिष्कमा नाम्ले पर्ला

काठमाडौँ, १० साउन । भारतमा एक आठ वर्षीया बालिकाको मस्तिष्कमा टेपवर्म अर्थात् नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिएको छ । ती बालिकाले प्रत्येक दिन टाउको दुख्ने र बेलाबेला रिङ्गटा लाग्ने गुनासो गर्ने गर्थिन्। उनमा यो समस्या झन्डै ६ महिना देखियो। समस्याको कारण थाहा पाएपछि अभिभावकहरू पत्याउनै सकिरहेका थिएनन्। बालिकाको मस्तिष्कमा नाम्ले किराका सय वटा भन्दा बढी फुल थिए। ती साना–साना समूहमा थिए। दिल्ल...
प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

प्रदेश नं २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

वीरगञ्ज, १० साउन । आर्थिक वर्ष २०७४/७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४/७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र राजश्व उठाउन सकेको छ । आव २०७३/७४ मा कार्यालयलाई रु २१ अर्ब चार करोड आ...
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गर्नुभएको छ । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा यसरी हिंसात्मक हमला गरी कसैको ज्यान लिने कार्यको जस्तोसुकै शब्दमा निन्दा गरेपनि कम हुन्छ– उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ । ...
दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु

बेरुत, १० साउन । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ । यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए । सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका थिए । “आक्रमणबाट सरकार समर्थक लडाक...
पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्दै कामपा

काठमाडौँ, १० साउन ।  काठमाडौँ महानगरपालिकास्थित शहरी योजना आयोगले आलू आर्थिक वर्षमा पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ बनाउने सहितका अन्य कार्य गर्ने भएको छ । पुराना कामलाई निरन्तरता दिने र नयाँ ३० वटा काम गरिनेमा यहाँको पुरातात्विक सम्पदाको डिजिटल अर्काइभ राख्ने काम नयाँ र महत्वपूर्ण काम भएको उक्त योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिए । यसरी शुरु हुने काममा टेकुमा रहेको पचली भैरव...
सरकार र केसीबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै

सरकार र केसीबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै

काठमाडौं, १० साउन  । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसीका पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर...
सुत्केरी भैँसीलाई भत्ता !

सुत्केरी भैँसीलाई भत्ता !

म्याग्दी, १० साउन । मंगला गाउँपालिकाले सुत्केरी भैँसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए । कुहुँका आठ...
बालक अपहरण र हत्या अभियोगमा तीनजनामाथि मुद्दा दायर

बालक अपहरण र हत्या अभियोगमा तीनजनामाथि मुद्दा दायर

वीरगञ्ज, १० साउन । करीब दुई महिनाअघि बालक अपहरण गरी हत्या गरेको आभियोगमा एक महिलासहित तीनजना माथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रानीघाट बस्ने रामप्रवेश साह, सोही ठाउँ बस्ने पार्वतीदेवी गिरी तथा भारतको बेतिया बस्ने सुरज गिरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं ७ जितपुर बस्ने ललनप्रसाद साहका नौ वर्षीय छोरा अंक...
चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

काठमाडौँ, १० साउन । एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो । जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई । भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष...
नेपाल र भारतबीच नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

नेपाल र भारतबीच नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

काठमाडौँ, १० साउन । नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ । दुई देशबीच विगत लामो समयदेखि नदी सीमा क्षेत्रमा स्थानीयस्तरमा समस्या रहँदै आएपछि उक्त समस्याको निराकरण दीर्घकालीन रुपमै गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको नापी विभागले गृहकार्य गरिरहेको छ । नेपालका २७ जिल्ला र भारतका चार प्रदेशका २० जिल्ला नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास...
प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गरेका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले तयार गरेको व...
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

काठमाडौँ, १० साउन । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ । आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन। उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ...
अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

अर्काे जोडी गैंडाको नामाकरण – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’

चितवन, १० साउन । सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्को एक जोडी गैंडाको पनि नामाकरण गरेको छ । सौराहामा रहेको एक जोडी गैंडामध्ये भालेको नाम सोल्टी’ र पोथीको नाम ‘मितिनी’ राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए। ढकालले केन्द्रबाटै ती गैंडाको नामकरण भएर चितवन निकुञ्जमा एसएमएस प्राप्त भएको बताए । गैंडा लैजानै मिति भने यकिन भएको छैन । हाल च...
प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

भीमदत्तनगर, १० साउन । प्रदेश नं ७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । प्रदेश नं। ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्ट...
भरतपुर महानगरले अन्तर्राष्ट्रियस्तरको सिटीहल निर्माण प्रक्रिया अघि बढायो

भरतपुर महानगरले अन्तर्राष्ट्रियस्तरको सिटीहल निर्माण प्रक्रिया अघि बढायो

चितवन, १० साउन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ । शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेनु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताए । महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा...
धनकुटाको कार्कीछापमा धारिलो हतियार प्रहार गरी हत्या

धनकुटाको कार्कीछापमा धारिलो हतियार प्रहार गरी हत्या

धनकुटा, १० साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज बिहान धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । कार्कीछापको होटल माउण्ट एभरेष्टमा कुक काम गर्ने स्थानीय १८ बर्षीय सुरज राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । होटलमा सँगै काम गर्ने सुनसरीको बराह नगरपालिका–९ चक्रघट्टीका १८ बर्षीय निशान लिम्बुले बिहान करिव १० बजे धारिलो हतियार प्रहार गरेर राईको हत्या गरेक...
पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

पुष्पलाल पार्कलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै

काठमाडौं, १० साउन । कीर्तिपुर नगरपालिकाले चम्पादेवीस्थित पुष्पलाल पार्क तथा त्यस वरपरका क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रमा रहेको प्राकृतिक सौन्दर्य, पैदल मार्गलगायत पर्यटनको पर्याप्त सम्भावना रहेका कारण त्यहाँ पर्यटनको लागि पूर्वाधार विकास गर्न लागिएको छ । पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका परिचित गराउने लक्ष्य लिइएको छ भने चालू आवमा कीर्तिपुर एकीकृ...
१५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

१५ महिनामा निर्माण हुनुपर्ने पुल ६ वर्षमा पनि बनेन

जाजरकोट, १० साउन । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन । सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र...
अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल मदन भण्डारी संग्रहालय

उर्लाबारी, मोरङ, १० साउन । तत्कातीलन नेकपा एमाले का महासचिव जननेता मदन भण्डारीले दिएको योगदानलाई जीवन्त राख्न मोरङको उर्लाबारी नगरपालिका–३ मा निर्माण गरिएको ‘मदन भण्डारी संग्रहालय’ खोज तथा अनुसन्धानकर्ताका लागि महत्वपूर्णस्थल बनेको छ । गत चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको उक्त संग्रहालय चैत १८ गतेदेखि खुल्ला गरिएको छ । संग्रहालय जननेता भण्डारीको जन्मदेखि मृत्युसम्मका ...
error: Content is protected !!