अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या !

अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या !

मोरङ, २ भदौ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर-१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहर...
१३ हजार घुससहित वडा सचिव पक्राउ

१३ हजार घुससहित वडा सचिव पक्राउ

इटहरी, २ भदौ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट रु १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पो...
अब समूहगत रुपमा कर्मचारी खटाइने

अब समूहगत रुपमा कर्मचारी खटाइने

काठमाडौ, २ भदौ ।  केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेकोछ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको हो । प...
दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ ‘यू’ मा सहमति

दुई अखिल एकीकरण प्रक्रियाः क्रान्तिकारी हट्यो अन्तिममा दीर्घ ‘यू’ मा सहमति

काठमाडौ, २ भदौ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको छ । तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् । 'अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्न...
धनकुटाबाट रेडियो भेडेटारको परिक्षण प्रशारण सुरु

धनकुटाबाट रेडियो भेडेटारको परिक्षण प्रशारण सुरु

धनकुटा, १ भदौ । रेडियो भेडेटार ९१ मेगाहर्जको आजबाट परिक्षण प्रशारण सुरु भएको छ । धनकुटा–७ मगरटोलमा कार्यालय राखिएको रेडियोको परिक्षण प्रशारण सुरुवातका अवसरमा रेडियो सञ्चालन समितिका अध्यक्ष एवं कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले प्रत्यक्ष प्रशारण मार्फत शुभकामना दिएका छन्...
नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया

नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया

धनकुटा, १ भदौ । शुक्रवारबाट लागु भएको नयाँ ऐनका बिषयमा धनकुटामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उच्च सरकारी वकीलको कार्यालय र सरकारी वकीलको कार्यालयको आयोजनामा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला अदालत धनकुटाका न्यायधिस बिनोद कुमार पोख्रेलले नयाँ ऐनमा भएको ब्यवस्था, कार्यान्वयनका पक्ष, चुनौति लगायत बिषयमा धारणा राख्दै नयाँ ऐन पहिलेको भन्दा खासै फरक नभएको बताए । कार्यक्रममा...
तामाङ पत्रकार संघको प्रदेश अध्यक्षमा लामा

तामाङ पत्रकार संघको प्रदेश अध्यक्षमा लामा

धनकुटा, १ भदौ । तामाङ पत्रकार संघ १ नम्वर प्रदेशको अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । धनकुटाको हिलेमा शुक्रवार सम्पन्न प्रथम भेलाले धनकुटाका पत्रकार लामाको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो । समितिको सचिवमा मकर तामाङ (भोजपुर) र कोषाध्यक्षमा फूलकुमारी तितुङ तामाङ (तेह्रथुम) चयन भएका छन् । समितिको सदस्यमा जेवी लामा (सुनसरी), तिलक तामाङ (झापा), अमित तामाङ (उदयपुर) मोहन तामाङ (संखुवासभा...
मोबाइल एप्समा रेडियो नेपाल

मोबाइल एप्समा रेडियो नेपाल

काठमाडौँ, १ भदौ । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ । एण्ड्रोइड भर्सनको मोबाइलमा उपयोग गर्न सकिने एप्स आज रेडियो नेपालमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभयो । सरकारको आधिकारिक विषय सार्वजनिक गर्न रेडियो नेपालको मोबाइल एप्स सहयोगी सावित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । “रेडियो नेपालले सकारात्मक कुरा प...
प्रेमीद्वारा धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या

प्रेमीद्वारा धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या

मोरङ, १ भदौ ।  ग्रामथान गाउँपालिका–३ सिद्राहामा आज बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्टराईलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।...
एशियाडको उद्घाटन समारोहमा अधिकारीले राष्ट्रिय झण्डा बोक्ने

एशियाडको उद्घाटन समारोहमा अधिकारीले राष्ट्रिय झण्डा बोक्ने

काठमाडौँ, १ भदौ । एशियाली खेलकूद (एशियाड) प्रतियोगिताको १८औँ संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएका छन् । प्रतियोगिताको इण्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा शनिबार भव्य उद्घाटन हुँदैछ । त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एशियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् । उनले जाकार्ता एसियाडमा ७७ क...
कलङ्कीको अण्डरपास सञ्चालनमा

कलङ्कीको अण्डरपास सञ्चालनमा

काठमाडौँ, १ भदौ । नेपालको पहिलो एवम् बहु प्रतीक्षित कलङ्की अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले राससलाई जानकारी दिए । “दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार ...
शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

जकार्ता, १ भदौ । आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा १,००० भन्दा बढी हो । विविधताको दृष्टिमा, ओलम्पिकमा नदेखिएका धेरै किसिमका खेलहरु यहाँ समेटिएका छन् र यी एसियाका खास खेल हुन् । भारतको लोकप्रिय खेल कबड्डी, उज्वेकिस्तानको परम्परागत मार्सल आर्ट वा इन्डोनेसियाली मार्सल आर्टलाई के...
सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

नयाँ दिल्ली, १ भदौ । तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् । अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उहाँको ...
अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी, १ भदौ । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ । अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालत समक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्र...
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार: अर्थमन्त्री

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार: अर्थमन्त्री

काठमाडौँ, १ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको हो । “कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उहाँ...
चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को, १ भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ । गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन...
ढल्केबर सवस्टेसन सञ्चालनमा

ढल्केबर सवस्टेसन सञ्चालनमा

काठमाडौँ, १ भदौ ।  मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा...
नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

काठमाडौं, १ भदौ  । नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ...
झापामा आगलागीबाट दुई करोडको क्षति

झापामा आगलागीबाट दुई करोडको क्षति

दमक, १ भदौ । विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ । कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै ...
ओरल सेक्सका ७ भ्रम र सत्य

ओरल सेक्सका ७ भ्रम र सत्य

काठमाडौँ। मुख मैथुनलाई लिएर समाजमा भ्रम रहेको छ । यसै कारणले कतिपय जोडीले खुलेर यौन जीवनको मज्जा लिन पाइरहेका हुँदैनन् । आउनुहोस् यसबारेमा यानी कि मुख मैथुनसँग जोडिएका सातवटा ठूलो भ्रमका बारेमा आज हामी वास्तविकता बताउँछौं । कुमारीत्व लुटिने डर भ्रमः मुख मैथुन गर्नाले कुमारीत्व गुम्न सक्छ । सत्यः कुमारीत्व केबल फिजिकल पेनेट्रेशनको (यौनसम्पर्क) को स्थितिमा मा नास हुन्छ । वा हुन सक्छ । मानिसहरुल...
मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ऐन आजबाट कार्यान्वयनमा

मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ऐन आजबाट कार्यान्वयनमा

काठमाडौँ, १ भदौ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता लगायतका ऐन आजबाट कार्यान्वयनमा आएको छ । गत वर्ष नै राष्ट्रपतिबाट प्रमाणिकरण भएको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका केही ऐन भदौ एक गतेबाट लागु हुने उल्लेख गरिएको थियो । मुलुकी अपराध संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि, मुलुकी फौजदारी कार्यविधि र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन आजबाट कार्यान्वयनमा आएको ह...
चोरीको गाडी हवल्दारको निवासमा

चोरीको गाडी हवल्दारको निवासमा

नवलपरासी, १ भदौ । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो । गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ ...
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला

रत्ननगर, १ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा प्राकृतिक रू...
वाजपेयीको निधनप्रति शोक व्यक्त

वाजपेयीको निधनप्रति शोक व्यक्त

नयाँ दिल्ली, भारत, ३१ साउन । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट यो संसारले एक ‘शालीन नेता’लाई गुमाएको छ । उहाँले मधुमेह,मृगौलालगायतका स...
वाजपेयीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

वाजपेयीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओली...
मुलुकी देवानी र अपराध संहिता लगायत ऐनकाे स्वागत गर्न दीपावलीको तयारी

मुलुकी देवानी र अपराध संहिता लगायत ऐनकाे स्वागत गर्न दीपावलीको तयारी

काठमाडौँ, ३१ साउन । महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन ला...
नेपाल भियतनामसँग २–० ले पराजित

नेपाल भियतनामसँग २–० ले पराजित

काठमाडौँ, ३१ साउन । इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत आज भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । स्थानीय विभाहा मुक्ति रङ्गशालामा आज साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ६२औँ मिनेटमा भान डक फानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल भियतनामले जत्यो । पहिलो खेलमा नेपाल गत म...
नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

काठमाडौँ, ३१ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी रहेको बताउनुभय...
अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ प्रदेश सरकार क्रियाशील

अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ प्रदेश सरकार क्रियाशील

  हेटौँडा, ३१ साउन । प्रदेश नं ३ का आन्तिरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकटेलले बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार गर्न र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले हालै आएको बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार र विस्थापित परिवारलाई पुनर्वासको व्यवस...
जलवायु परिवर्तनको असरविरुद्ध नेपालले क्षतिपूर्ति दाबी गर्ने

जलवायु परिवर्तनको असरविरुद्ध नेपालले क्षतिपूर्ति दाबी गर्ने

काठमाडौँ, ३१ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले त्यसको क्षतिपूर्ति दाबी गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्री बस्नेतसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचर्ड मोरिसले गर्नुभएको शिष्टचार भेटमा उहाँले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अ...
साफ यू–१५ महिला फूटबलः सेमिफाइलमा नेपाल पराजित

साफ यू–१५ महिला फूटबलः सेमिफाइलमा नेपाल पराजित

काठमाडौँ, ३१ साउन । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिए पनि ३७औँ मिनेटमा नेपालकी रजनी थोकरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन् । पहिलो हाफ बराबरीमा सकिए पनि ७५औँ मिने...
error: Content is protected !!