साठी किलो चरेशसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक

साठी किलो चरेशसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक

दाङ, ३ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आज साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा बस्ने ३० वर्षीया रुपा घर्ती, रुकुम भूमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन र सोही ठाउँकै ध्रुवजङ्ग बुढा रहेका छन् । जिप्रका दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले पत्रकार सम्मेलन गरे...
अठारौँ एसियाली खेलकूद: नेपाल समूहचरणबाटै बाहिरियो

अठारौँ एसियाली खेलकूद: नेपाल समूहचरणबाटै बाहिरियो

काठमाडौँ, ३ भदौ । अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो ।...
प्रकाण्डलाई तीन दिनको म्याद

प्रकाण्डलाई तीन दिनको म्याद

बनेपा, ३ भदौ । प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । “जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काल...
सरकारी विद्यालयको बेहाल : शिक्षक चार, विद्यार्थी तीन

सरकारी विद्यालयको बेहाल : शिक्षक चार, विद्यार्थी तीन

डडेल्धुरा, ३ भदौ  । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार जना शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँ नजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउँछन् । उक्त विद्यालयमा भर्ना...
असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने

असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने

सुन्दरीजल, काठमाडौँ, ३ भदौ । उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो । चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फि...
बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

मक्का, साउदी अरब, ३ भदौ । विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा छ दिनसम्म गर्ने परम्परा रहेको छ । “हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना ...
प्रदेश नं ३ को स्थायी राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

प्रदेश नं ३ को स्थायी राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

काठमाडौँ, ३ भदौ । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । ...
गम्भीर सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने

गम्भीर सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने बताएका छन्। राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज  आयोजित समारोहमा उनले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गरे । अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनताल...
प्रमको ट्विट पाँच भाषामा

प्रमको ट्विट पाँच भाषामा

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गरेका छन । ट्विटमा लेखिएको छ, “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना...
चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान

चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान

काठमाडौँ, ३ भदौ । सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच पहिलो पटक चन्द्रागिरि नगरपालिकामा अवस्थित चन्द्रागिरि हिल्सको सभाकक्षमा आज छलफल भएको हो । सङ्घीय संसद्का सभामुख, उपसभामुखसहित सात वटै प्रदेशका सभामुख, उपसभामुखसहित कानून, न्याय ...
केरुङ–काठमाडौँ रेलमार्गको निर्माण नौ वर्षमा सकिने

केरुङ–काठमाडौँ रेलमार्गको निर्माण नौ वर्षमा सकिने

काठमाडौँ, ३ भदौ । सरकारले वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत रु दुई खर्ब ५७ अर्ब हुने देखिएको छ । सोही आधारमा वार्षिक रु २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो । चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक अध्ययन ...
सत्ययुग बोलाउँदै गुरुकुल

सत्ययुग बोलाउँदै गुरुकुल

काठमाडौँ, ३ भदौ । नेपाली समाजमा जुन विषय पढेको हो, त्यही अनुसार नै रोजगारी गर्नुपर्छ भन्ने धारणालाई चिर्दै रामेछापका रामचन्द्र तिमल्सिनाले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले काभ्रेपलाञ्चोक, सुनकोशी किनारमा कौशिकी वैदिक गुरुकुल सञ्चालन गर्दै आउनुभएको छ । विसं २०३४ मा बुवा ऋषिप्रसाद र आमा सुभद्राबाट जेठो सुपुत्रका रुपमा रामेछाप, लखनपुर गाविस २ स्थित सल्लेनीमा जन्मनुभएका ति...
दुई दर्जन भाषाका कविता अनुवाद गरिने

दुई दर्जन भाषाका कविता अनुवाद गरिने

काठमाडौँ, ३ भदौ । दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र बेलायतको सबैभन्दा जेठो नेपाली संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा बेलायतको क्यान्टवरी विश्वविद्यालयमा...
फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी, ३ भदौ ।  फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ । फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् । स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो । भूकम्पपछिका परकम्पह...
ब्याड्मिन्टनमा पाकिस्तानलार्इ हराउँदै नेपाल क्वाटरफाइनल प्रवेश

ब्याड्मिन्टनमा पाकिस्तानलार्इ हराउँदै नेपाल क्वाटरफाइनल प्रवेश

काठमाडौँ, ३ भदौ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहनुभएका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन...
संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रह...
चन्द्रागिरि नगरपालिकाद्वारा सामाजिक सेवाको सिफारिश निःशुल्क

चन्द्रागिरि नगरपालिकाद्वारा सामाजिक सेवाको सिफारिश निःशुल्क

काठमाडौँ, ३ भदौ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका सबै कार्य निःशुल्क गरेको छ । नगरपालिका अन्तर्ग...
एशियाड: आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

एशियाड: आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिम...
पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

पन्ध्र हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित

काठमाडौँ, ३ भदौ । नेपाल यातायात मजदुर सङ्घले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको शनिबार बसेको बैठकले भदौ १ बाट लागू भएको मुलुकी देवानी संहिताले दुर्घटनाबाट मृत्...
पैँतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

पैँतालीस हजार युवालाई रोजगारका लागि दक्ष बनाइने

इटहरी, ३ भदौ । वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ । वल्डवाइडले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्ब...
मुलुकी अपराध संहिता: अब खेल मिलेमतो गरे तीन वर्ष कैद

मुलुकी अपराध संहिता: अब खेल मिलेमतो गरे तीन वर्ष कैद

काठमाडौँ, २ भदौ । नेपाली खेलाडीले अब आइन्दा खेल मिलेमतो गरे तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवाना हुने भएको छ । जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै शुक्रबारदेखि लागू भएको मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १ राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५१ (३) मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने बुँदामा नेपाली खेलाडीले राष्ट्रको लागि खेल्दा खेल मिलेमतो गरे त...
प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानका समकक्षीलाई बधाई

काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना व्यक्त गरेका छन...
काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: कोइराला

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने: कोइराला

विराटनगर, २ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे । उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले जितेको...
धरानमा नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कांग्रेसका नेतासहित ४ पक्राउ

धरानमा नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने कांग्रेसका नेतासहित ४ पक्राउ

धरान, २ भदौ। शैक्षिक प्रमाणपत्रदेखि नागरिकतासम्म नक्कली बनाउँदै आएका चार जना पक्राउ परेका छन्। जसमा २ जना स्थानीय नेता समेत छन्। तत्कालिन एमालेका क्षेत्रीय सदस्य राम सेवा तथा नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार लिम्बुसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। लिम्बु धरानस्थित म्याक इन्फ्युजन कम्प्यूटरका सञ्चालक हुन्। प्रहरीले त्यहाँ छापा हानी ठूलो मात्रामा नक्कली प्रमाणपत्र, होलोग्राम त...
अब ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

अब ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौ, २ भदौ । चर्काे ब्याज असुल्ने साहु-महाजनलार्इ नयाँ मुलुकी संहिताले अंकुश लगाइदिएकाे छ । शुक्रबारदेखि लागू भएकाे नया संहिताअनुसार अब साहुले ऋणीसँग बढीमा वार्षिक १० प्रतिशत मात्रै ब्याज लिन पाउने भएका छन् । भदाै १ बाट लागू भएकाे मुलुकी देवानी संहिताकाे परिच्छेद १५ को लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा ४७८ मा साहुले लिन पाउने ब्याज सम्बन्धी व्यवस्था छ । साे दफामा ‘लेनदेनसम्बन्धी लिखत ह...
७७ जिल्लामा मुलुकी संहिता शुभारम्भ भएको घोषणा

७७ जिल्लामा मुलुकी संहिता शुभारम्भ भएको घोषणा

काठमाडौ, २ भदौ । शुक्रबारदेखि लागू भएको नयाँ मुलुकी संहिता कार्यान्वनयका लागि शुक्रबार ७७ जिल्लाका जिल्ला अदालतले मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका छन् । साधारण नागरिकदेखि विशिष्ट व्यक्तिको दैनिकी प्रभावित हुने नयाँ मुुलुकी संहिता कार्यान्वयनका लागि ७७ जिल्ला अदालतले जनचेतनामूलक, प्रचारमूलक, सन्देश र सूचनामूलक कार्यक्रम गरी मुलुकी संहिता शुभारम्भ भएको घोषणा गरेका हुन् । कानुन व्यवसायी, प...
बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रधानाध्यापक थुनामा

बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत, २ भदौ । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने  एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागे...
पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, आज सपथग्रहण

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित, आज सपथग्रहण

काठमाडौँ । पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिग...
चिनियाँ विज्ञहरूको सुझाव: बच्चा छैन ? कर तिर्नुस्

चिनियाँ विज्ञहरूको सुझाव: बच्चा छैन ? कर तिर्नुस्

बेइजिङ ।  चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुई भन्दा कम सन्तान जन्माउनेलाई वा नजन्माउनेलाई ‘प्रजनन कोष’ मा कर तिर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । विज्ञहर...
राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार

राज्यले चाहे प्रतिवर्ष साढे तीन लाख रोजगार

काठमाडौ, २ भदौ । वित्तीय संघसंस्थाको लगानी राज्यले व्यवस्थित ढंगले परिचालन गर्दा प्रतिवर्ष सरदर साढे तीन लाख युवालाई रोजगार बनाउन सकिने देखिएको छ । वित्तीय संस्थाहरूको संकलित निक्षेपलाई राष्ट्र बैंकमार्फत लगानी गर्न बनाइएको ऐनअनुसार परिचालन गरेको खण्डमा बर्सेनि तीन लाख ३० हजार रोजगार सिर्जना हुने देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार नेपालमा अहिले कुल जनसंख्याको १९.२ प्रतिशत बे...
एशियाली खेलकूदको महाकुम्भ आजदेखि शुरु हुँदै

एशियाली खेलकूदको महाकुम्भ आजदेखि शुरु हुँदै

काठमाडौ, २ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ । नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । स...
error: Content is protected !!