नयाँ दिल्ली, भारत, ३१ साउन । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

Advertisement

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट यो संसारले एक ‘शालीन नेता’लाई गुमाएको छ । उहाँले मधुमेह,मृगौलालगायतका समस्याले ग्रस्त बनेपछि विगत नौ हप्तादेखि भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत हुनुहुन्थ्यो । लामो समय सफल राजनीतिक नेतृत्वको जिम्मेवारीपछि वाजपेयीले केही वर्ष यता राजनीतिबाट सन्यास लिनुभएको थियो ।

राष्ट्रपति कोविन्दले ट्वीटरमा एक शोक सन्देश लेख्दै भन्नुभएको छ, “हाम्रा पूर्व प्रधानमन्त्री तथा भारतीय राजनेता श्री अटल बिहारी वाजपेयीको निधनको खबरले म निकै दुःखी बनेको छु ।”

“उहाँको नेतृत्व, दीर्घ सोच, परिपक्वता, वाकपटुताले उहाँलाई विश्वभर एक कुशल नेताका रूपमा चिनिन्थ्यो । उहाँलाई सबैले सधैँ सम्झिरहनेछन् ।”
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीटरमा लेख्नुभएको छ, “भाजपाका नेताको अवसानसँगै यस युगको समाप्त भएको छ ।”

“भारत हाम्रा प्रिय अटलजीको निधनमा गहिरो शोकमा डुबेको छ । उहाँको निधनबाट एक युगको अन्त्य भएको छ । उहाँ राष्ट्रका लागि बाँच्नुभयो र दशकौँसम्म परिश्रमका साथ काम गर्नुभयो । यस दुःखद घडीमा म उहाँको परिवारजन, भाजपाका कार्यकर्ता तथा शुभेच्छुकको साथमा रहने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । ओम् शान्ति ।” “वाजपेयीको निधनले मेरो व्यक्तिगत जीवनमासमेत अपूरणीय क्षति पुगेको छ ।”

त्यसैगरी भारतीय उप–राष्ट्रपति भेन्काय नाइडुले पनि वाजपेयीलाई “एक सच्चा भारतीय” भन्दै उहाँको निधनबाट भारतलाई अपूरणीय क्षति पुगेको बताउनभएको छ ।

लामो समय भारतीय राजनीतिमा रहनुभएका ९३ बर्षीय वाजपेयीको बिहीबार ५ बजेर ५ मिनेट जाँदा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो । उहाँको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत जुन महिनाको ११ गते एम्समा भर्ना गरिएको र पछिल्लो ३६ घण्टासम्म स्वास्थ्यस्थिति स्थिर रहेको थियो । तर ३६ घण्टा यता उहाँको स्वास्थ्य निकै गम्भीर बनेपछि ‘लाइफ सपोर्ट सिस्टम’ को सहयोगमा उपचार भैरहेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!