काठमाडौँ। मुख मैथुनलाई लिएर समाजमा भ्रम रहेको छ । यसै कारणले कतिपय जोडीले खुलेर यौन जीवनको मज्जा लिन पाइरहेका हुँदैनन् । आउनुहोस् यसबारेमा यानी कि मुख मैथुनसँग जोडिएका सातवटा ठूलो भ्रमका बारेमा आज हामी वास्तविकता बताउँछौं ।
कुमारीत्व लुटिने डर
भ्रमः मुख मैथुन गर्नाले कुमारीत्व गुम्न सक्छ ।
सत्यः कुमारीत्व केबल फिजिकल पेनेट्रेशनको (यौनसम्पर्क) को स्थितिमा मा नास हुन्छ । वा हुन सक्छ । मानिसहरुले वैज्ञानिक तरिकाले सोच्नु पर्छ । र भावनात्मक तर्क र सन्देहशरु हटाउन जरुरी छ । मुख मैथन गरेर तपाईको केबल मानसिक रुपमा कुमारीत्व नास हुने हो । न कि भौतिक रुपमा ।
गर्भवती हुने डर
भ्रमः मुख मैथुनले गर्भ रहन सक्छ ।
सत्यः गर्भधारणका लागि पुरुषको शुक्रकीट र महिलाको डिम्बाषयबीच मिलाप हुन जरुरी छ । जुन मुख मैथुनबाट संभव छैन । मुख मैथुनका क्रममा या त शुक्रकीट मुखमा जान्छ या अनेत्र स्खलित हुन्छ । यी शुक्रकीट डिम्बसँग मिलन हुनै पाउँदैनन् ।
स्वास्थ्यका लागि हानीकारक
भ्रमः मुखमैथुन जहिले पनि स्वास्थ्यका लागि राम्रो हुँदैन ।
सत्यः विचारनीय कुरा के छ भने कुनै पनि व्यक्तिको निजी स्वास्थ्य उसको दैनिक गतिविधि र वानी व्यवहारमा निर्भर हुन्छ । तपाई जति सफाइ रहनुहुन्छ स्वस्थ रहने सम्भावना बढी हुन्छ । यसका लागि मुख मैथुनको कुनै सरोकार हुँदैन । त्यसैले मुखमैथुन स्वास्थ्यका लागि हानिकार त्यति बेला हुन्छ जति बेला नयाँ यौनसाथीसँग गरिन्छ । यदि दुई जनाबीच नियमित रुपमा मुखमैथुन गरिन्छ भने यसले स्वास्थ्यलाई कुनै हानी गर्दैन ।
चरम आनन्द प्राप्त हँदैन
भ्रमः मुखमैथुनले अर्गैजम(चरम आनन्द) प्राप्त हँदैन ।
सत्य डा. शिवानीका अनुसार ओरल सेक्सको समयमा क्लिटोरिस (महिला यौंन अंगको संवेदनशील भाग) उत्तेजित हुनाले चरम आनन्द आउँछ । यो आनन्द पुरुषलाई पनि उत्तिकै आउछ ।
यो समयमा -याल अथवा सरको आदान–प्रदान हुनाले एकअर्कामा संक्रमण फैलने जोखिम बढी हुन्छ । यसको ख्याल दुवै पार्टनरले गर्नु पर्छ । आफुमा कुनै सक्रमण भएको अवस्थामा सचेत बन्नु पर्छ ।
के भेजाइनल सेक्सको विकल्प बन्न सक्छ ओरल सेक्स ?
भ्रमः केहीले भेजाइनल सेक्सको विकल्पका रुपमा ओरल सेक्सलाई लिएको पाइन्छ ।
सत्यः ओरल सेक्सबाट आनन्द त मिल्छ तर, यो भेजाइनल सेक्सको विकल्पकै रुपमा लिन सकिदैन ।
ओरल सेक्समा कण्डोमको प्रयोग
भ्रमः ओरल सेक्समा कण्डोमको प्रयोग गर्न सकिंदैन भन्ने भ्रम छ ।
सत्यः ओरल सेक्समा कण्डोम प्रयोग गर्न सकिन्छ र सबधन्दा धेरै फ्लेवरका कण्डोम ओरल सेक्सकै लागि भनेर। बनेका हुन्छ ।
तर, धेरैलाई यसको जानकारी नै छैन । कतिलाई ओरल सेक्सको समयमा कण्डोमबाट निस्कने लुब्रिकेसनले हानी गर्छ भन्ने लाग्छ । लुब्रिकेसनले कुनै हानी गर्दैन । बरु यसले अन्य संक्रमणबाट बचाउँछ ।
संक्रमण हुँदैन्
भ्रमः मुख मैथुन पूर्ण सुरक्षीत छ । यसले एसटीआई हुँदैन् । यो धारणा बनिसकेको छ कि एचआइभी र अन्य यौन संक्रमणबाट बच्न मुख मैथुन सबैभन्दा उपयुक्त विकल्प हो ।
सत्यः तर वास्तवमा मुखमैथुनका क्रममा रसको आदान–प्रदान हुन्छ जसका कारण संक्रमण फैलिने जोखिम रहन्छ । हो, मुखमैथुनले तपाईलाई गम्भीर यौन रोग नहुन सक्छ तर इन्फेक्शन भने हुन सक्छ । इन्फेक्शनको उपचार एन्टिबायोटिक्स को सहयोगमा समाधान गर्न सकिन्छ।