एक लाख ७१ हजारको आँखाको उपचार

एक लाख ७१ हजारको आँखाको उपचार

चितवन, २१ भदौ । भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन...
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा विभिन्न भाषामा २७ कृतिको अनुवाद

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा विभिन्न भाषामा २७ कृतिको अनुवाद

काठमाडौँ, २१ भदौ । नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ । विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार वर्षको अवधिमा विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्...
साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

बेनी, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो । अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट...
हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

काठमाडौँ, २१ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ । मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली छनौट गर्नुभएकामा गोलकिपर विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, डिफेन्डरमा विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ, असिम गुरुङ, रणदीप पौ...
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

इलाम, २१ भदौ । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय ...
भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

भारतमा नौ वर्षीया बालिकाको बलात्कारपछि हत्या

श्रीनगर, भारत । भारतमा एकजना नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएको दुःखद समाचार छ । प्रहरीले त्यस कुकर्ममा संलग्नताको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ । ती बालिकालाई बलात्कार गरी हत्या गरिएको खुलेको छ । बलात्कार गरी घरभन्दा केही परको जङ्गलमा लगेर ती बालिकाको शव गाडिएको अवस्थामा भेटिएको थियो । पक्राउ परेका चार जनाको बलात्कारमा संलग्नता रहेको प्रमाणहरु जम्मा भइरहेको प्...
खाडीमा नेपाली महिलाको कोख भाडामा

खाडीमा नेपाली महिलाको कोख भाडामा

बाँके, २१ भदौ  । बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित । मालिकले गर्भवती बनाए । छोरी जन्मियो । बच्चा जन्मिएपछि यही छोड्नु पर्छ भन्ने पूर्व सहमति थिएन । मालिकले यौन हिंसा गर्दा बच्चा जन्मिएको थियो । मालिकले छोरी छोड्नै पर्छ भन्ने कर गरेनन् । सोझी युवत...
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, अमेरिकी डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर, अमेरिकी डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान

काठमाडौँ, २१ भदौ । नेपाली रुपैयाँ अहिलो सम्मको कम्जोर भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो। अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ११५ रुपैयाँ ११ पैसा रिफरेन्स रेट तोकेको हो। डलरको भाउ १२० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर न...
पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा मुल्य बृद्धि

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासमा मुल्य बृद्धि

काठमाडौं, २० भदौ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएक...
‘दश वर्षमा दश हजार युवा उद्यमी’

‘दश वर्षमा दश हजार युवा उद्यमी’

काठमाडौँ, २० भदौ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको छ । प्रतिष्ठानले १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी दश वर्षमा दश हजार युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने भएको हो । प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले युवा उद्यमीको समूह निर...
‘एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स’ सम्पन्न

‘एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स’ सम्पन्न

काठमाडौँ, २० भदौ । सोमबारदेखि काठमाडौँमा शुरु भएको ११ औँ ‘एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स’ (एपिसिसी) आज सम्पन्न भएको छ । नेपाली सेना र युस इण्डो प्यासिफिक कमाण्ड डिरेक्टोरेट अफ इन्टिलिजेन्सले संयुक्तरुपमा आयोजना गरेको सो सम्मेलनमा अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानाडा, फिजी, फ्रान्स, इण्डोनेशिया, जापान, कोरिया, मलेशिया, मङ्गोलिया, नेपाल, न्यूजिल्याण्ड...
एशिया कप छनोट क्रिकेटको फाइनल बिहीबार

एशिया कप छनोट क्रिकेटको फाइनल बिहीबार

काठमाडौँ, २० भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङ भिड्ने भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किन्नरा ओभल क्रिकेट मैदानमा बिहीबार हुने खेलमा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् । फाइनलमा विजयी हुने टोलीले यसै महिना युएइमा हुने एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । एशिया कपमा छनोट हुने टोलीले भारत र...
नर्वेमा विश्वकै अग्लो काठको टावर निर्माण

नर्वेमा विश्वकै अग्लो काठको टावर निर्माण

ओस्लो, २० भदौ । नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ । सो टावर वातावरण मैत्री र आगोले क्षति पु¥याउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ । ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रय...
बिराटनगरमा सहकारीका बचतकर्ताको चार करोड हिनामिना गर्नेलाई थुनामा राख्न आदेश

बिराटनगरमा सहकारीका बचतकर्ताको चार करोड हिनामिना गर्नेलाई थुनामा राख्न आदेश

विराटनगर, २० भदौ । हिनामिना गरिएको बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै जिल्ला अदालत मोरङले विराटनगर–९ स्थित प्राईम बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकलाई थुनामा राख्न आदेश दिएको छ । सहकारीका बचतकर्ताको करिब ४ करोड रकम फिर्ता नदिएको भन्दै जिल्ला अदालतले सहकारीका तीन सञ्चालकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश दिपक खनालको ईजालासले सहकारीका प्रबन्धक तथा सचिब विराटनगरका ३...
भोजपुर अदालतले रिहाई गरे लगत्तै नेकपाका प्रवक्ता विश्वकर्मा पुनः पक्राउ, लगियो दाङ

भोजपुर अदालतले रिहाई गरे लगत्तै नेकपाका प्रवक्ता विश्वकर्मा पुनः पक्राउ, लगियो दाङ

भोजपुर, २० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्‍गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा गरे लगातै प्रहरीले पुनः पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई अदालतले ६० हजार धरौटीमा रिहा गरेको थियो । रिहाई भए लगत्तै उनलाई प्रहरीले पुनः पक्राउ गरी दाङ लगेको हो । यसअघि सर्...
धनकुटामा कर नतिर्न नेकपा निकट जनपरिषदको उर्दी

धनकुटामा कर नतिर्न नेकपा निकट जनपरिषदको उर्दी

धनकुटा, २० भदौ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद धनकुटाले कर नतिर्न सर्वसाधरणलाई उर्दी जारी गरेको छ । स्थानीय तहले मनोमानी रुपमा कर बढाएकाले त्यसको बिरोध गर्दै कर नतिर्न जनपरिषदले उर्दी जारी गरेको हो । जनपरिषदका धनकुटा प्रमुख निषेध थापाले बुधबार अपिल पत्र जारी गरेर कर आतंकको बिरोध गर्दै कर नतिर्न आग्रह गरेका छन् । सामान्य श्रमिक, किसानको उ...
निर्मला हत्या प्रकरण: तीन तहबाट छानबिन

निर्मला हत्या प्रकरण: तीन तहबाट छानबिन

भीमदत्तनगर, २० भदौ । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो । हत्याका सम्बन्धमा गृहमन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयले सुक्ष्म अनुसन्धान गरिरहेको छ । घटनाको छानबिनका लागि केही साता अघि भीमदत्तनगर आइपु...
नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

नेपाल–चीन पारवहन सम्झौताको ‘प्रोटोकल’ अन्तिम चरणमा

काठमाडौँ, २० भदौ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रूप दिने उद्देश्यले दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि राजधानीमा शुरु भएको छ । प्रोटोकललाई अन्तिम रुप दिने सम्बन्धमा दुई देशका अधिकारीबीच सकारात्मक छलफल भइरहेको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले जानकारी दिए । उनले भने, “पारवहनका लागि नेपालले च...
एकीकृत सम्पत्ति कर खारेज गर्न माग

एकीकृत सम्पत्ति कर खारेज गर्न माग

भक्तपुर, २० भदौ । नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै काँग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा ¥यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापन पत्र बुझाएको हो । नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर ...
न्यूरोडमा ५ सय गाडी अट्ने ‘स्मार्ट पार्किङ’

न्यूरोडमा ५ सय गाडी अट्ने ‘स्मार्ट पार्किङ’

काठमाडौँ, २० भदौ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प...
भोजपुरमा आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुरमा आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

भोजपुर, २० भदौ । आफ्नै आमा बलात्कार गर्ने छोरालाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ । आमालाई बलात्कार गरेको अभियोगमा साल्पासिलिछो गाँउपालिका दोभानेका २७ बर्षीय एक व्यक्तिलाई अदालतले २७ वर्ष कैद सजाए सुनाएको हो । गत असार ३ गते राति आफ्नै ६२ वर्षीय आमालाई पटक–पटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । जिल्ला न्यायाधीस हरिश्चन्द्र इङ्गनामको इजालसले उनलाई २७ बर्षको कैद फैसल...
जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

टोक्यो, २० भदौ । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानी...
रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

लन्डन, २० भदौ । प्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ । यस उपाधीमाथि मेस्सी र रोनाल्डोले पछिल्लो दशकमा एकछत्र राज गर्दै आएकोमा बार्सिलोनाका यी नामुद खेलाडी मेस्सीको नाम भने सन् २००६ यता पहिलो पटक अन्तिम तीनको सूचीमा छैन । प...
बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन: मन्त्री ज्ञवाली

काठमाडौँ, २० भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथोसम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनि...
स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

स्वीट्जरल्याण्डद्वारा नेपाल सरकारलाई दुई अर्ब सहयोग

काठमाडौँ, २० भदौ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्...
साफ च्याम्पियनसिप फुटबल: नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

साफ च्याम्पियनसिप फुटबल: नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, २० भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ । उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म सा...
नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

मनाङ, २० भदौ । मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो । चार वर्षअघि नै पुल निर्मा...
बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ

बलात्कार आरोपमा मिठार्इ पसले पक्राउ

बनेपा, २० भदौ । इलाका प्रहरी कार्यालय बनेपाले किशोरी बलात्कार आरोपमा स्थानीय मिठाई पसलका सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा धुलिखेल–११ घर भई बनेपा, त्रिभुवनचोकमा अरनिको हाइवे स्विट्स एन्ड चाट हाउस सञ्चालन गर्दै आएका २५ वर्षीय रामशरण हुमागाईं पक्राउ परेका हुन् । पीडित किशोरीले दिएको जाहेरीका आधारमा उनलाई सोमबार साँझ पक्राउ गरिए...
सुत्केरीको मृत्युपछि तनाव, आफन्त आन्दोलनमा

सुत्केरीको मृत्युपछि तनाव, आफन्त आन्दोलनमा

पाँचथर, २० भदौ । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई ...
पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

इस्लामाबाद, २० भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा हुनुहुन्छ । पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार...
कर्मचारी बढुवाको आधार : ९० प्रतिशत ज्येष्ठता, १० प्रतिशत क्षमता

कर्मचारी बढुवाको आधार : ९० प्रतिशत ज्येष्ठता, १० प्रतिशत क्षमता

काठमाडौँ, २० भदौ ।  कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारीमा सरकार लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो । सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत...
error: Content is protected !!