काठमाडौँ, २० भदौ । सोमबारदेखि काठमाडौँमा शुरु भएको ११ औँ ‘एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स’ (एपिसिसी) आज सम्पन्न भएको छ ।

नेपाली सेना र युस इण्डो प्यासिफिक कमाण्ड डिरेक्टोरेट अफ इन्टिलिजेन्सले संयुक्तरुपमा आयोजना गरेको सो सम्मेलनमा अस्ट्रेलिया, अमेरिका, बङ्गलादेश, बु्रनाई, बेलायत, कम्बोडिया, क्यानाडा, फिजी, फ्रान्स, इण्डोनेशिया, जापान, कोरिया, मलेशिया, मङ्गोलिया, नेपाल, न्यूजिल्याण्ड, पपुवान्यूगिनी, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, टिमोर–लेस्ते, टोंगा, भियतनाम गरी कुल २३ राष्ट्रका उच्च तहका सैनिक अधिकृतको सहभागिता थियो ।

Advertisement

यो सम्मेलन नेपालमा पहिलो पटक सञ्चालन भएको जनाइएको छ । सन् २००७ मा मलेशियाबाट शुरुआत भएको एपिसिसीको बाह्राँै संस्करण आगामी वर्ष फिलिपिन्समा हुने तय भएको छ ।

वर्तमान र भविष्यमा उत्पन्न हुनसक्ने रणनीतिक सुरक्षा चुनौतीको समाधानका लागि अन्तर्राष्ट्रियस्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता आदानप्रदान हुन गई सैनिकको बौद्धिक क्षमतामा थप अभिवृद्धि गर्न तथा मित्रराष्ट्रसँगको सैनिक सम्बन्ध अझ मजबुत र प्रगाढ बनाउन सम्मेलनले सहयोग पु¥याएको विश्वास नेपाली सेनाले लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!